नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6015 · वि.सं. २०५२
नि.नं. 6015 — उत्प्रेषणयुक्त परमादेश समेतको आदेश जारी गरी पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
निजामती सेवा ऐन, २०४९ मिति २०५०/२/४ मा तथा निजामती सेवा नियमावली, २०५० मिति २०५०/३/२८ मा लागु भई निजामती सेवा ऐन, २०१३ तथा निजामती सेवा नियमावली, २०२१ खारेज भई सकेको देखिन्छ । निवेदकले निजामती सेवा नियमावली, २०२१ को २९ औं संशोधनद्वारा संशोधित नियम ७.१(२) बमोजिम श्री ५ को सरकारको मिति २०४९/७/२१ को निर्णय अनुसार अवकाश पाएपछि लामो समयसम्म चुप लागी उक्त नियमावली नै खारेज भै सकेपछि बिलम्ब गरी २०५१/६/१९ मा रिट निवेदन दर्ता गरेको देखिन आयो । समयमै रिट निवेदन दर्ता गर्न नसकेको उचित एवं मनासिव आधार कारण समेत निवेदकले उल्लेख गर्न सकेको देखिएन । कुनै पनि कानूनको सम्बन्धमा संवैधानिकताको प्रश्न उठाउँदैमा जहिलेसुकै पनि अदालतमा प्रवेश गर्न पाउने हुन्छ भन्न पनि मिल्ने हु“दैन । अनुचित बिलम्ब गरी रित निवेदन गरेको र सो को उचित एवं मनासिव कारण समेत निवेदकले देखाउन नसकेकोले विपक्षीहरुबाट लिखित जवाफ मगाई रहनु पर्ने अवस्था नपर्ने । (प्र.नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6015 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश समेतको आदेश जारी गरी पाउं । |
| निर्णय वर्ष / मिति | 2051/10/05 |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6015 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
