नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6012 · वि.सं. २०५२
नि.नं. 6012 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
मिति २०५२।२।९ मा शहीद मंच टुंडिखेल काठमाडौंमा गर्न लागेको आमसभाको कार्यक्रमलाई कुनै किसिमबाट बन्देज लगाउन र कुनै पनि किसिमको बाधा व्यवधान खडा गरी रोकतोक गर्नुका साथै मैले निमन्त्रण गरेका सुभाष घिसिङ समेतका विशिष्ट अतिथिहरुलाई नेपाल आउन नपाउने गरी रोक लगाउन समेत नपाउने गरी उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ भन्ने यो निवेदनको मुख्य माग व्यहोरा भएको र मिति २०५२।२।५ मा यस अदालतमा दर्ता भएको देखिए पनि हाल सम्म आमसभाको कार्यक्रमको उल्लेखित मिति व्यतित भइसकेकोले निवेदकले उल्लेख गरे बमोजिमको अवस्था नै कायम नरहेको भएबाट यस स्थितिमा अरु केही विचार गरिरहन नपर्ने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6012 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2052/02/31 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6012 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
