नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6010 · वि.सं. २०५२

नि.नं. 6010 — उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

कैदको लगत असुल नहुन्जेल जेथा रहेको सम्पत्तिको दायित्व पनि बाँकी नै रहेको सम्झनु पर्छ अन्यथा जेथा जमानीको कुनै अर्थ नै नहुने । (प्र.नं. ९) तहसिलबाट पुरा हुनु पर्ने दायित्व पनि पुरा नहुनु र सम्पत्ति भने सधै रोक्का रहनु दण्ड सजायको २४ नं. को उद्देश्य अनुकुल मान्न नमिल्ने । (प्र.नं. ९) दण्ड सजायको २४ नं. बमोजिम हुनु पर्ने कारवाही मुचुल्का भै सकेपछि मात्र निवेदकको रोक्का रहेको सम्पत्त फुकुवा गर्ने तर्फ समुचित कारवाही हुन सक्ने हुँदा फुकुवा अहिले नै गरी दिनु भनी भन्न नमिल्ने । (प्र.नं. ९) कानून बमोजिम अदालतबाट निर्वाह हुनुपर्ने दायित्व सम्पन्न नगरी अरुको सम्पत्ति रोक्का राखी राख्नु मनासिव नदेखिंदा दण्ड सजायको २४ नं. को कानूनी प्रकृया पुरा गर्नु भनी मकवानपुर जिल्ला अदालतको नाउँमा परमादेशको आदेश जारी हुने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6010
मुद्दाको विषयउत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउं ।
निर्णय वर्ष / मिति2051/10/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6010
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्