नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 601 · वि.सं. २०२८

नि.नं. 601 — अवैधानिक संघ संस्था खोले खोलाए भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रहरीमा गरेको साबिति कागज बाहेक अभियुक्तलाई दोषी प्रमाणित गर्ने अरू खँदिलो आधारको अभावमा मुद्दा चलाएमा–शंकाको आधारमा उक्त मुद्दा चलाएको हुने । त्यो कारवाईका उठानको व्यहोरा र यी पुनरावेदकहरू सावित भएको भनेको कागजको धेरै असामन्जस्यहरू देखिन्छन्, यसबाट यो प्रष्ट हुन्छ कि प्रहरीले केही ठोस आधारमा प्रस्तुत केश चलाउन नसकी केवल शंकाको आधारमा मात्र चलाएको रहेछ, यसको पुष्टि यसबाट पनि हुन्छ कि प्रहरीमा भएको साविती कागजको वाहेक अभियुक्तहरूलाई दोषी प्रमाणित गर्ने अरू खँदिलो आधार मिसिलमा देखिदैन । (प्रकरण नं. ३३) (२) केही कार्य नै नहुने कुनै निस्कृय पत्र (कागज) बाट एउटा अपराध प्रमाणित भएको भन्ने आधार लिएमा–साक्षी प्रमाणसम्बन्धी सिद्धान्तको अपहेलना गरेको हुने । भरतशम्सेरलाई लेखेको भनेको पत्र जो बरामद भएको छ, त्यसलाई अञ्चल अदालतले एक बलियो आधार सम्झेको छ, मिसिलसामेल रहेको उक्तपत्रलाई हेर्दा त्यसको कुनै प्रमाणिकता छैन, फेरी जबसम्म कुनै पत्र पाउने व्यक्तिको हातमा पर्दैन, त्यसबाट केही कार्य नै हुँदैन, त्यस्तो निस्कृय पत्रबाट, एउटा अपराध प्रमाणित भएको भन्ने आधार लिनु साक्षी प्रमाण सम्बन्धी सिद्धान्तको अपहेलना गर्नु हो । (प्रकरण नं. ३४) (३) कुनै संघको सदस्यहरूले रगतले सही गर्दैमा राजनैतिक उद्देश्यले प्रेरित भएको भन्न नमिल्ने–सो गरेमा लक्ष्य प्राप्त गर्न दिलो ज्यान लगाउने भन्नेसम्म संकल्प गरेको हुने । मिसिलसामेल रहेको हिमाली सामाजिक संघको माइनुटबुक हेर्दा त्यसमा कुनै राजनैतिक उद्देश्यको झलक पाइंदैन, त्यस संघमा सम्मिलित हुने सदस्यहरूले रगतको छाप लगाउँदैमा कुनै राजनैतिक उद्देश्यले प्रेरित भएका छन् भन्न पनि मिल्दैन । एकसंघमा सम्मिलित नवयुवकहरूले आफ्ना लक्ष्य प्राप्त गर्न दिलोज्यान लगाउने भन्नेसम्म संकल्प गरेको देखिन्छ । (प्रकरण नं. ३५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.601
मुद्दाको विषयअवैधानिक संघ संस्था खोले खोलाए भन्ने
निर्णय वर्ष / मिति2028/02/02
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 601
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्