नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 600 · वि.सं. २०२८

नि.नं. 600 — जग्गा नाउँसारी गरीपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बिर्ता उन्मूलन ऐन,२०१६ को दफा ३, दफा ४को उपदफा २ (ख) दफा ७ तथा मुलुकी ऐन अदालती बन्दोवस्तको २ नं.–विर्ता उन्मुलन भइ दर्ता हुने रैकर लगतमा गैर नेपालीले दर्ता गराउन नपाउने–जग्गाको हकदारले आफ्नो नाउँमा प्रमाणको आधारमा दर्ता गराउन पाउने । हक प्राप्त को हो भनी कानूनी व्यवस्था हेरेमा बिर्ताउन्मूलन ऐन, ०१६ को दफा ३ बमोजिम बिर्ता उन्मूलन भएपछि विर्ता वारेको भू–स्वामीत्व सम्बन्धी हक तथा अधिकार स्वतः समाप्त भएको मानिन्छ । रैकरमा दर्ता गरी लगत खडा गरी ऐ.ऐ.दफा ७ बमोजिम विवरण दाखिल गर्न र दर्ता गराउन पर्छ । यस्तो नयाँ लगत खडा गरी आफ्नो नाउँमा दफा ४ को उपदफा २ (ख) बमोजिम दर्ता गराउन हक पुग्ने साविक विर्तावारले यो जग्गालाई आफ्नो नाउँमा दर्ता गराउन पाउने देखिन्छ, विदेशी नागरिकलाई कुनै प्रकारले हक छाडी दिन नहुने बन्देज मुलुकीऐन अदालतको २ नं.मा रहेकोहुनाले त्यस्ता विदेशी नागरिकले आफ्नो नाउँमा रैकरमा दर्ता गराउन हुँदैन । विर्ता उन्मूलन भई रैकरको लगतमा जग्गा दर्ता हुने जग्गावाला कायम गर्ने हकमा आफ्नो नाउँमा दर्ता हुने सबूदसाथ निवेदकले दरखास्त गरेमा भूमिप्रशासन कार्यालयबाट दर्ता हुनसक्ने अवस्था देखिन्छ । (प्रकरण नं. १) अदालतबाट यो स्पष्ट गरिन्छ कि विर्ता उन्मुलन भई दर्ता हुने रैकरको लगतमा गैर नेपालीले दर्ता गराउन नपाउने हुनाले जग्गाको हकदारले आफ्नो नाउँमा प्रमाणको आधारमा दर्ता गराउन पाउने नै हुनाले कानूनको रीतपुर्‍याई हक पुग्ने व्यक्तिका नाममा जग्गा दर्ता गर्नु, गर्न लाउनु भनी भूमिसुधार मन्त्रालय भूमिविभागमा लेखि पठाई नियम बमोजिम गरी फायल (मिसिल) बुझाइदिनु । (प्रकरण नं. २)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.600
मुद्दाको विषयजग्गा नाउँसारी गरीपाउँ
निर्णय वर्ष / मिति2027/12/25
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 600
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्