नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 599 · वि.सं. २०२८

नि.नं. 599 — बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अ.बं.१९० नं.–हाजिर नभएको वा फेला नपरेको अभियुक्तको हकमा निर्णय गर्न ६ वर्षसम्म पर्खन कर लाग्ने । अ.बं.१९० नं.ले हाजिर नभएको वा फेला नपरेको अभियुक्तको हकमा ६ वर्षसम्म पर्खन कर लगाएको छ । ६ वर्षसम्म पर्खे पनि हुने नपर्खे पनि हुने जस्तो तजविजी अधिकार दिएको देखिंदैन । (प्रकरण नं. ११) (२) कुनै अनियमितताको कारण कसैले कारागारको यातना भोग्नु परेमा–उक्त अनियमितता लाई सानो मान्न नहुने । यस सम्मानित अदालतको विचारमा यदि कुनै अनियमितताको कारणबाट कुनै व्यक्तिले कारागारको यातना भोग्नु परी वैयक्तिक स्वतन्त्रता गुमाउनु परेको छ भने त्यो अनियमितता सानो होइन भनी मान्न करै लाग्छ । (प्रकरण नं. १४) (३) कानूनबमोजिम नगरी थुनामा राखेमा संविधानको धारा ११ को उल्लंघन भएको भन्नुपर्ने । त्यसकारण यदि कानूनबमोजिम नगरी कुनै व्यक्ति थुनामा परेको छ भने संविधानको धारा ११ को उल्लंघन भएको छ भनी अदालतले भन्नै पर्दछ । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.599
मुद्दाको विषयबन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ
निर्णय वर्ष / मिति2027/12/12
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 599
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्