नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 597 · वि.सं. २०२८

नि.नं. 597 — बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १९ (२) र अ.बं.१२१–अनुसन्धानको समयमा यो दफा अनुसारको कसूर हो भनी किटान गर्न नसकिने कारण अनुसन्धानको लागि कसूरको प्रकृति खोली थुनुवा पुर्जी दिएमा–अ.वं.१२१ नं.बमोजिम नभएको भन्न नहुने । अनुसन्धानको अवस्थामा यो दफाबमोजिम कसूर हो भनी किटान गरी लेख्नलाई कसूरकै ठेगाना लागिसकेको नहुँदा र सो पत्ता लगाउन अनुसन्धान हुँदैको अवस्थामा सम्भव पनि नहुने हुनाले अनुसन्धानको लागी कसूरको प्रकृति खोली दिएको थुनुवा पुर्जीलाई अ.बं १२१ नं.बमोजिम भएन भन्न नहुने । (प्रकरण नं. ९) (२) अ.बं.१२३ नं.ले गरेको व्यवस्थाले गर्दा विशेष प्रहरी अधिकृतले एकपटक तारेखमा राखी पुनः थुनामा राख्न मिल्ने । एकपटक तारेखमा राखी पुनः गिरफ्तार गरेको गैरकानूनी हो भन्ने कुरालाई अ.बं.१२३ नं. मा तारिखमा वा धरौटमा वा जमानीमा रहेको व्यक्तिउपर परेको मुद्दा कारवाई गर्दै लाँदा थप हुनआएको प्रमाणबाट थुनामा राख्नुपर्ने हुनआयो भने त्यस्ता व्यक्तिलाई थुनामा राख्न सकिनेछ भन्नेसमेत व्यवस्था भएको हुनाले विशेष प्रहरी अधिकृतले बीचमा पुनः थुनामा राख्न नमिल्ने भन्ने तर्क युक्तिसङ्गत देखिंदैन । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.597
मुद्दाको विषयबन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ
निर्णय वर्ष / मिति2027/07/20
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 597
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्