नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 592 · वि.सं. २०२८
नि.नं. 592 — अपुताली
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) दाखेल दर्ता गराई हक छुट्टाई लिनेले नै तिरोभरो भोगचलन गरी आउनाका साथै निजकै नाममा नापी दर्ताको पुर्जीसमेत पाईसकेमा–हकछाडी दिनेको मृत्युपछि उक्त जग्गा अपुताली परेको भन्न नमिल्ने । त्यसरी ०१३ सालमै सम्मतीयाले हक छाडी सामदेव सतदेवका नाउँमा दाखेल दर्ता गराई दिई तिरो भरो भोग चलन गरी आएको र ०८ सालको नापीले निजै सामदेव सतदेवका नाममा नापी दर्ता गरी पुर्जासमेत दिइसकेको त्यस्तो जग्गालाई ०२१ सालमा सम्मतीया मरेपछि निजको अपुताली परेको भन्न नमिल्ने भएकोले सो जग्गामा हकवाला हुँ भन्नेको हकदैया लाग्न नसक्ने हुँदा त्यसतर्फ प्रतिवादी सतदेव सामदेवकै हक कायम हुने ठहर्याएको इन्साफ ०२५।२।२१।१ को डिभिजन बेञ्चको मुनासिवै छ । (प्रकरण नं. १६) (२) मानो जोडी बसेको कानूनी लिखत सवूदको अभावमा–मानोजोडी बसेको भन्ने कुरालाई मान्यता दिन नमिल्ने । तर निज सतदेव सामदेव सम्मतीयासँग कुन मितिमा मानो जोडी बसेका हुन त्यस कुराको कानूनी लिखत सबूद नभएकोले सगोलमा बसी आएको भनी उल्लेख गरेको कुरालाई मान्यता दिन मिलेन । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 592 |
|---|---|
| मुद्दाको विषय | अपुताली |
| निर्णय वर्ष / मिति | 2027/11/28 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 592 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
