नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 589 · वि.सं. २०२८
नि.नं. 589 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रचलित साहु आसामीको १ नं.र ३८ नं.–मालको मोल दिन बाँकी भराइपाउँ भन्ने विषय १ नं. अन्तर्गत नपर्ने–उक्त विषयमा ३८ नं.को हदम्याद २ वर्ष भित्र फिराद गर्नुपर्ने । पत्रको मिति १८।१०।१७ मा भएको यो फिरादपत्र ०२१ पौष १६।३ मा दायर भएको रहेछ । पत्रमा कर्जा लिएको भन्ने र तमसुक गरेको छु भन्ने बोली नपरी दाउराको चट्टा ३० को मोल रु.२५२०० आजका मितिले १ महिनाभित्र दिने काम हुनेछ म्यादभित्र भुक्तानी नभएमा सुदसमेत बुझाउने बोली परेको रहेछ । त्यस्तो मालको मोल दिन बाँकी भराइपाउँ भन्ने विषय लिखत भएको बखतमा प्रचलित साहु लेनदेन आसामीको १ नं.अन्तर्गत नपर्ने हुनाले ऐ.३८ नं.को हदम्याद वर्ष २ भित्र फिराद परेको नहुँदा यो फिरादपत्र खारेज हुन्छ । दर्ता गर्न नहुने फिराद दर्ता गरेको देखिएकोले कोर्टफी धरौटीसमेत ऐनको रीतपुर्याई फिर्ता दिनु । काडमाडौं जिल्लाअदालत र बागमती अञ्चलअदालतको फैसला उल्टी हुन्छ । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 589 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2027/10/23 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रत्नबहादुर विष्टको विश्वविद्यालयतर्फबाट हाकिम १ सुपरभाईजर १ खड्ग सिं समेतको स्वःहस्त लिखित त्रिभुवन विश्वविद्यालयतर्फबाट लेखिदिएको सैकडा १० व्याज दिने भन्ने पनि लेखिएको यस्तो प्रष्ट दसौद दिने विषय लेखिएपछि त्यस्तो कागजलाई लिखत होइन भन्ने पनि भन्न नमिल्ने । कागजजाँचको ५ नं.को ऐनमा रीत नपुगेको कागज गर्नेलाई २० । बीस रूपैयाँ जरिवाना गरी सो कागजबाट नालेस लिई न्याय गरी दिनपर्छ भन्ने लेखिएको श्री त्रिभुवन विश्वविद्यालयको अफिसहरूले गरी दिएको लिखतलाई वेरित भनी नभराउने गरेको सहयोगी साथीको रायमा सहमत नभएकोले शुरू अञ्चलले गरेको न्याय सदर गरी दिने राय व्यक्त गरेको छु । स.अ.नियमावलीबमोजिम इन्साफ जाँच भई फुल बेञ्चबाटसदर ठहरे पछि सदर भएको राय बमोजिम लगत कसी असुलतहसिल गर्ने हुनाले हाल केही गर्न नपर्ने भई फाईल फुल बेञ्च फाँटमा बुझाई दिनु भन्ने मा.न्या.श्री राजा ईश्वरी जङ्गबहादुर सिंहको राय भई भएको ०२७।२।२८।५ को डिभिजन बेञ्चको फैसला । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 589 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
