नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 585 · वि.सं. २०२८

नि.नं. 585 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २१(२) : सरकारको नोक्सान पार्‍यो भनी विभागीय सजाय दिनको लागि जाहेर गरेमा–श्री ५ को सरकारबाट स्वीकृत वा अस्वीकृत गर्ने हो वा अदलबदल पनि गर्नसक्ने हो भन्ने कुरा समावेश भएकोले–कानूनी तथ्य देखिन आई सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने । त्यसरी कारवाई भएकोमा सरकारको नोक्सान पार्‍यो भन्ने कुरालाई कानूनले अपराधको संज्ञा दिएको र स्वीकृतिको निमित्त जाहेर गरेकोमा श्री ५ को सरकारबाट स्वीकृत वा अस्वीकृत गर्ने हो वा अदलबदल पनि गर्न सक्ने हो भन्ने कुरा समावेश भएको यो कानूनी तथ्य देखिन आउने हुनाले त्यस्तो अपराध कायम गरी सजायको आदेश दिएकोमा उपरोक्त दफा २१(२) अनुसार सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्ने नै हुँदा त्यसतर्फ अरू शंका गरिरहनु परेन । (प्रकरण नं. ९) (२) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३४(२) : यो ऐन प्रारम्भ हुनु पूर्वको नेपाल भ्रष्टाचार निवारण ऐन, २००९ राष्ट्र सेवकहरूको भ्रष्टाचार निवारण ऐन, २०१३ र उक्त ऐनको संशोधन ऐन, २०१५ सहित अन्तगर्तका कसूरहरूमा कारवाई, तहकिकात र विभागीय कार्वाही यस ऐन अन्तर्गत गरिने छ भन्ने उल्लेख भएको कारण २०१७ अघिको कुरामा पनि भ्र.नि.ऐन, २०१७ अन्तर्गत कारवाई चल्न सक्ने । २०१५ सालको कुरालाई २० साल भाद्र २७ गते मसँग लिखित वक्तव्य मागी यो भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत विभागीय कारवाई चलाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०१३ संशोधन २०१५ समेतले विभागीय कारवाई चलाउने व्यवस्था छैन भन्ने पुनरावेदक को जिकिरका हकमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३४(२) मा यो ऐन प्रारम्भ हुनुभन्दा पहिलेको नेपाल भ्रष्टाचार निवारण ऐन, २००९, राष्ट्र सेवकहरूको भ्रष्टाचार निवारण ऐन, २०१३, राष्ट्र सेवकहरूको भ्रष्टाचार निवारण (संशोधन) ऐन, २०१५ सहित अन्तर्गतका कसूरहरूमा कारवाई तहकिकात र विभागीय कारवाई यस ऐनअन्तर्गत गरिनेछ भन्ने उल्लेख भएकोले अगाडिको कुरामा पनि भ्र.नि.ऐन, २०१७ अन्तर्गत कारवाई चल्न सक्ने कुरा प्रष्टै छ । (प्रकरण नं. १०) (३) हिफाजत गर्नुपर्ने सरकारी कोषमा हिफाजत यस प्रकार गरेको भन्ने जिकिर नभएमा–नोक्सान पारेको भन्ने विभागीय प्रमुखले निश्चय गरेमा–हिफाजत गरेको थिएँ भन्ने जिकिर पुग्न नसक्ने । जङ्गलको लकडीको रूपैयाँ सरकारी कोषमा नै जम्मा रहेको छ, नोक्सानी पर्न गएको भन्ने दोहरा चार्ज लगाउनुमात्र हो । म जिम्मामा कुनै नगदी जिन्सी रहने नभई बही बुझाउने हेडक्लर्क खरिदार छ भन्ने पुरनरावेदन जिकिरको हकमा उपरोक्त हुकुम प्रमांगीबाट डि.एफ.ओ.ले हिफाजत गर्नुपर्नेमा यस्तो गरेर हिफाजत गरेको छु भन्ने जिकिर नहुनाले नोक्सान पारेको हो भन्ने विभागीय प्रमुखले निश्चय गरेकोमा मैले हिफाजत गरेको थिएँ नोक्सान पारेको छैन भन्ने जिकिर मुनासिव देखिंदैन । (प्रकरण नं. ११) (४) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २० को उपदफा (२) : विभागीय कारवाई गरी सजाय दिने अधिकार श्री ५ को सरकारलाई भएकोले विशेष प्रहरी अधिकृतबाट भएको राय ठहरलाई श्री ५ को सरकारले स्वीकृत वा अस्वीकृत मात्र गर्न हुन्छ भनी श्री ५ को सरकारको अधिकार सीमित गर्न नमिल्ने । यस्तो विभागीय कारवाई गरी सजाय दिने अधिकार श्री ५ को सरकारमा भएकै हुनाले विशेष प्रहरी अधिकृतबाट गरिएको राय ठहर श्री ५ को सरकारले स्वीकृत वा अस्वीकृत मात्र गर्न हुन्छ भनी अधिकार सीमित गर्न मिल्दैन । (प्रकरण नं. १२) (५) निजामती सेवा नियमावली, २०१७ को नियम १ को खण्ड (३) : नोक्सानी बिगो लिने गरी विभागीय सजाय गरेकोमा–तलबबाट उक्त बिगो असूल गर्नुपर्ने भएकोले कार्यभार बाट मुक्त भएको अवस्थामा–अरू मार्गबाट उक्त बिगो उठाउन नमिल्ने । निजामति सेवा नियमावली अन्तर्गत कारवाई गरेकोमा अर्को कानूनले सजाय गर्ने अवस्था पर्दैन । त्यसकारणले निजामति सेवा नियमावली हेरिएमा उपरोक्त कानूनका खण्डहरू देखा परेकोबाट यो सजाय पनि त्यही कानूनको खण्डबाटै गरेको सम्झनु परेको छ । नोक्सानी बिगो लिने बारेमा सजाय गरेको कुरा तलबबाट कट्टा गरी लिनुपर्ने व्यहोरा नि.से.नि.को नियम १ को खण्ड (३) मा परेकोले तलबबाट कट्टा गर्नालाई कार्यभारबाट मुक्त भएको अवस्थामा तलव कट्टा गर्ने कुरा असम्भव हुन्छ । बर्खास्त भएपछिको तलबबाट कट्टा गरी लिने भन्ने परस्पर विरोधी वाक्य हुन्छ । विभागीय सजाय दिने कानून अनुकूल नभएकोले विभागीय सजाय गर्दा तोकेको पुनरावेदकसँग असूल गर्ने गरेको रकम असूल गर्न भएन । तलब नभएपछि अरू मार्गबाट सो बिगो असूल गर्ने कुरा उपरोक्त कानूनमा परेको नहुनाले बिगो असूल गर्ने कुरा सदर गरेको भन्ने २०१४।१।२४ को डिभिजन बेञ्चको फैसला मिलेको देखिएन । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.585
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2027/09/10
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 585
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्