नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 584 · वि.सं. २०२८
नि.नं. 584 — उत्प्रेषणको आदेश जारी गरीपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी (संशोधन) नियमहरू, २०२१ को दफा २ ले संशोधित मूल नियमहरूको नियम १८ को उपनियम (३) भू.स.(प्रथम संशोधन) अध्यादेश, २०२२ को दफा २ ले संशोधित भू.सं.ऐन, २०२१ को दफा १३(१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (ख)–जग्गा रहेको स्थानमा भूमिसुधार टोली पुगेको मितिदेखि फाँटवारी दाखिल गर्ने म्याद शुरू हुनुपूर्व उक्त जग्गाको फाँटवारी दाखिल गरेमा म्याद नघार्ई फाँटवारी दाखिल गरेको भन्न नमिल्ने । तर तत्कालै०२१।९।१८ को अतिरिक्तांक २४ को राजपत्रमा प्रकाशित भूमिसम्बन्धी (संशोधन) नियमहरू, ०२१ को दफा २ ले संशोधित मूल नियमहरूको नियम १८ को उपनियम (२) मा जग्गा भएको ठाउँमा भूमिसुधार टोली गएको मितिमा उपनियम (१) बमोजिमको सूचना जारी भएको मानिनेछ भन्नेसमेत व्यवस्था गरेको र निवेदक हिरामानको जग्गा भएको ठाउँमा ०२२।१।११ मा मात्र भूमिसुधार टोली पठाएको भन्ने भनाई देखिएको समेत हुँदा भूमिसुधार टोली गएको ०२२।१।११ देखिमात्र म्याद शुरू भएको प्रष्ट छ । ०२२।९।८ गतेको अ.रि.२७ को राजपत्रमा प्रकाशित भूमिसम्बन्धी (प्रथम संशोधन) अध्यादेश, ०२२ को दफा २ ले संशोधित भूमिसम्बन्धी ऐन, २०२१ को दफा १३ (१) को प्रतिबन्धात्मक वाक्यांश खण्ड (ख) मा यो उपदफा प्रारम्भ हुँदाको मितिसम्ममा फाँटवारी दाखिल गर्ने म्याद गुज्रिसकेको व्यक्तिहरूको सम्बन्धमा पनि तोकिएको अधिकारीले श्री ५ को सरकार बाट अख्तियार पाएमा यो उपदफा प्रारम्भ भएको मितिले ६० दिनसम्मको थप म्याद दिन सक्नेछ र सो म्यादभित्र दाखिल भएको फाँटवारी म्याद भित्रै दाखिल भएको मानिनेछ भन्ने उल्लेख गरी म्याद गुज्रिसकेकाको हकमा पनि म्याद थपको व्यवस्था गरेको र वादी बालचा खड्गी विरूद्ध रामदाश च्यामेको दे.फु.नं.५८ को बालीभराई मोहीबाट निष्काशन गरिपाउँ भन्ने मुद्दामा ०२३।११।२३।३ को फुल बेञ्चबाट निर्णय हुँदा भूमिसम्बन्धी (प्रथम संशोधन) अध्यादेश, ०२२ को दफा ४ ले थप भएको मूल ऐनको दफा २९(क) को खण्ड (क) मा मोही निष्काशन गरिपाउँ भन्ने नालेस उजुर गर्ने कुराको म्याद कुत बुझाउने म्याद नाघेको मितिले ३५ दिन तोकिएको भए पनि भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ को दफा ६ ले थपेको मूल ऐनको दफा २९(क) को खण्ड (क) मा कुत बुझाउने म्याद नाघेको मितिले ९० दिन वा यो दफा लागू भएको मितिले ३५ दिनभित्र जुन पछि हुन्छ सो म्यादभित्र भन्ने लेखिएकोले उक्त दफा लागू भएको मितिले ३५ दिनको म्याद पनि पाउन सक्ने हुँदा उक्त ऐन प्रारम्भ हुनुभन्दा अगावै परिराखेको उजुरीलाई म्यादभित्र नपरेको भन्न नमिल्ने भन्नेसमेत सिद्धान्त कायम भई ठहर निर्णय भइराखेको पनि देखिएको समेत हुँदा निवेदक हिरामानले निजको जग्गा भएको ठाउँमा भूमिसुधार टोली पुगेको मिति ०२२।१।११ गतेदेखि म्याद शुरू हुनुभन्दा अगावै ०२१।९।३० गते नै पठाइराखेको भन्ने फाँटवारीलाई म्याद नघार्ई दाखेल गरेको भन्न मिल्ने देखिन आएन । (प्रकरण नं. १०) (२) भूमिसुधार कार्यालयमा जग्गाको फाँटवारी दिन नपाउने बन्देजको अभावमा र उक्त कार्यालय, भूमिसुधार टोली वा स्थानीय पञ्चायतमा फाँटवारी दाखिल गर्दा बेग्ला बेग्लै म्यादको व्यवस्था ऐनले नगरेको कारण–फाँटवारी भूमिसुधार कार्यालयमा दाखिल गर्दा–उक्त फाँटवारी भूमिसुधार टोली वा स्थानीय पञ्चायतमा दाखिल नगरेको भन्ने आधारतर्फ विचार गर्न नपर्ने । तत्सम्बन्धमा हिरामानसमेतको निवेदनमा बक्स भएका हु.प्र.बमोजिम भूमिसुधार विभागबाट कैफियत तलव गर्दा विपक्षी भूमिसुधार कार्यालयले दिएको ०२४।१।२८।५ को पत्रमा भू.सु. टोली गएको मितिले ३५ दिनभित्र निज हिरामान डंगोलले जग्गाको फाँटवारी टोली वा स्थानीय पञ्चायतमा दाखिल पनि गरेको नदेखिएको भन्ने उल्लेख गरेको र विपक्षीतर्फका विद्वान सरकारी अधिवक्ताले आफ्नो बहसमा त्यसै कुरालाई मुख्य आधार लिनुभएको समेत भए पनि त्यस्तो फाँटवारी भूमिसुधार कार्यालयमा दिन नपाउने ऐनले बन्देज नगरेको र भूमिसुधार कार्यालय र भूमिसुधार टोली स्थानीय पञ्चायतहरूमा जहाँ पनि फाँटवारी दिंदा विभिन्न ठाउँको लागि छुट्टाछुट्टै म्याद कायम हुने ऐनमा व्यवस्था पनि नभएको समेत हुँदा त्यसतर्फ अरू विचार रहनु परेन । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 584 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरीपाउँ |
| निर्णय वर्ष / मिति | 2026/05/17 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री नयनबहादुर खत्रीज्यूसँग राय सहमत नहँदा निर्णयार्थ प्रस्तुत केश सर्वोच्च अदालत नियमावली |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 584 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
