नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 579 · वि.सं. २०२७
नि.नं. 579 — चलन चलाई लिखत बदर गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बण्डापत्रमा सबै अंशियारको भाग किटानी उल्लेख नगरी समुच्चै उल्लेख भएमा–अंशीयाहरुले अंश छुट्याएको भन्न नमिल्ने । झगडा परेको पिथ्या रोपनी ८।। समेत जग्गाको हकमा उक्त बण्डापत्रमा दर्ता नम्बर र पोता रोपनी अंकसम्म खुलाई समुचा लेखेको पाइन्छ । यो यो ४ किल्ला भित्रको यो कित्ताको यहाँ नेर यो यति यसको भाग भन्ने खुलाई कित्ता छुट्याई न त उक्त बण्डापत्रमा बण्डा गरिएकोछ, न त त्यसरी खुलाई बण्डा भए गरेको अन्य कुनै लिखत सबूद नै प्रमाणमा आउन सकेको छ । नक्सामा यो यो नम्बरको यो यसको भागको भनी वादीका दाजु भाइहरुले पृथक पृथक भन्ने लेखाएको हकमा जग्गाको हैसियत बढेको र मुद्दा परी सकेपछि भएको नक्सामा त्यसरी भने लेखिएको कुरालाई अंशियारहरुले अंश छुट्याएको भनी मान्न बण्डापत्रमा किटानी उल्लेख हुनुको अभावमा मिल्ने देखिदैन । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 579 |
|---|---|
| मुद्दाको विषय | चलन चलाई लिखत बदर गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2027/08/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 579 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
