नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 578 · वि.सं. २०२७

नि.नं. 578 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रसिद गरी दिनेलाई उक्त रसिद देखाई बयान गराउन झिकाउँदा हाजिर हुन नआई गुजारी बसेमा–उक्त रसिद गरी दिएको भनी स्वीकार गरेको देखिने । निज अब्दुल रहिमानलाई उक्त रसिद देखाई बयान गराउन झिकाएकोमा हाजिर हुन नआई गुजारी बसेको देखिएबाट उक्त रसिदहरु गरी दिएमा निज अब्दुल रहिमान स्वीकार गरी बसेको देखिन्छ । (प्रकरण नं. १६) (२) भू.सं.ऐन, २०१४ को दफा ११,उक्त ऐनको (संशोधन), ०१६ को दफा २ परिभाषा खण्ड (ख) भू.संं.ऐन, २०२१ को दफा २ (क) र दफा ४–उपरोक्त कानूनी व्यवस्थानुसार कसैले सुरक्षित किसानको हक प्राप्त गरेको देखिएमा निजले भू.सं.ऐन लागू भइसकेपछि जग्गा जोताहाको अस्थायी निस्सा पाएको देखिएमा–सोउपर ऐनको म्याद भित्र उजूर नपरेमा–मोहियानी हक प्राप्त गरिसकेको जग्गामा खिचोला गर्‍यो भन्ने विपक्षीको जिकिर पुग्न नसक्ने । उक्त कानूनी व्यवस्था अनुसार निवेदक प्रतिवादी बलेश्वर वरैले सुरक्षित किसानको हक प्राप्त गरेको देखिन्छ र साथै भूमिसम्बन्धी ऐन लागू भइसकेपछि जग्गा जोताहाको अस्थायी निस्सा पाएको पनि देखिन आएको र सोउपर ऐनका म्याद भित्र कसैको उजूर परेको समेत नदेखिएकोले यसरी माथि लेखिएको कारण परिबन्दबाट निवेदक प्रतिवादीले मोहियानी हक प्राप्त गरी सकेको जग्गामा खिचोला गर्‍यो भन्ने वादीको जिकिर पुग्न सक्ने देखिएन । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.578
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2027/09/21
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 578
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्