नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 576 · वि.सं. २०२७
नि.नं. 576 — जग्गाबाट मोही निष्कासन गराई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तत्काल प्रचलित भू.सं.ऐनको दफा २९–बढी बाली दावी गरेको कारण बाली बाँकी रहेको देखिएमा–बाली नबुझाएकोले मोहिबाट निष्कासन गर्न मुद्दा चलाइसकेपछि कुत बाली बुझी मोही कायम गरेको देखिएमा–जग्गाबाट मोही निष्कासन गर्ने वा नगर्ने आदेश जारी गर्न अदालतको तजविज हो भन्ने तत्काल प्रचलित भू.सं.ऐनको दफा २९ को तात्पर्य भएकोले–उपरोक्त अवस्थामा मोहीलाई निष्कासन गर्न नहुने । यसबाट वादी आफैले पाउनु पर्ने भन्दा बढी बालीमा दावी गरी कचमच उठाएको कारणले नै बाली बाँकी रहेको प्रष्ट हुन्छ । बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने दावी परेकोमा जग्गावालाले आफूले पाउने भन्दा बढी कुत बाली दावी गरेकोमा जग्गाबाट निष्कासन हुन नसक्ने ठहरी दे.फु.नं.७९ वादी चिनिमाया सिलवालनी प्रतिवादी धनकुमारी सिलवालनीको बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने मुद्दामा ०२६।६।१।१४।३ को फुल बेञ्चबाट निर्णय भइराखेको पाइन्छ । (प्रकरण नं. १०) (२) ०२३ सालको बाली बाँकीमा जग्गाबाट निष्कासन गरिपाउँ भन्ने यो मुद्दा परी सकेपछि यसै मोहिबाट ०२२ सालको कुत बाली वादीकी स्वास्नी लक्ष्मीमायाले बुझी लिई भरपाई गरी दिएकोबाट मुद्दा परिसकेपछि पनि वादीतर्फबाट प्रतिवादीलाई मोहिकायम मानेको समेत देखिन आयो । (प्रकरण नं. ११) (३) निर्धारित समयमा कुत नबुझाउने मोहीलाई जग्गाबाट निष्कासन गर्ने आदेश हुनै पर्छ भनी अदालतलाई बाध्य गराउन तत्काल प्रचलित भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ को तात्पर्य हो भनी भन्न मिल्दैन । ऐ.ऐनको दफा २९ को अध्ययनबाट नै त्यो अदालतको तजविजको कुरा हो भन्ने प्रष्ट देखिन्छ । (प्रकरण नं. १२) (४) तसर्थउपरोक्त उल्लेख भए बमोजिम कारणहरुबाट मोही निष्कासन नहुने ठहराई ०२५।५।१४।५ को डिभिजन बेञ्चले गरेको इन्साफ मनासिवै ठर्हछ । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 576 |
|---|---|
| मुद्दाको विषय | जग्गाबाट मोही निष्कासन गराई पाउँ |
| निर्णय वर्ष / मिति | 2027/09/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 576 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
