नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 573 · वि.सं. २०२७
नि.नं. 573 — उत्प्रेषणको आदेश जारी पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५१–सम्बन्धीत व्यक्तिको अनुपस्थितिमा गरेको निर्णय गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्तको खिलाप हुने कारण तमसुकको साहूलाई बुझ्दै नबुझी भूमिसुधार अधिकारीले उक्त तमसुकको कानूनी मान्यता लोप गर्न नहुने । प्रस्तुत केशमा पनि भू.सु.अधिकारीले ऋण निश्चित गर्ने कारवाईको सिलसिलामा निवेदिकालाई बुझ्दै नबुझी निवदिकाको ऋणको कानूनी मान्यता लोप गरी सम्पत्ति अपहरण गरियो भन्ने निवेदन जिकिर छ । उपरोक्त दफाहरुमा लेखिए बमोजिम निवेदिकाको सम्पत्ति सम्बन्धित व्यक्तिलाई बुझ्दै नबुझी अपहरण हुन गएको देखिएकैछ । त्यस्तो सम्बन्धित व्यक्तिको अनुपस्थितिमा भएको निर्णय गैरकानूनी प्राकृतिक न्यायको सिद्धान्तको खिलाप हुँदा बदर गर्नुपर्ने देखिन्छ । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 573 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2027/02/21 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको र रिट नम्बर ३४६ मा पनि यिनै निवेदिका (री.नं. ३४५ को निवेदिकाको वा.ज्ञानबहादुर लामा) कोतर्फबाट उत्प्रेषणको आदेशद्वारा अरु दुइटा उही सिर्फ बदल लोनीयाको सट्टा भक्तीदेवी श्रेष्ठलाई विपक्षी बनाएको थैली र जग्गामा मात्र केही फरक परेको तर ऐन कानून भने उही लगाई ऋणको कानूनी मान्यता लोप गरेको हुँदा रिट नं.३४५ ना दिएको कारणहरुनै यस रिट नं.३४६ मा पनि लागू हुने हुँदा यस रिटको निवेदनमा विचार गर्दा उत्प्रेषणको आदेश जारी गरी भू.सु.अ.को निर्णय बदर गरी दिएको छ भन्ने ०२५।११।३०।५ को माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.को राय । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 573 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
