नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 572 · वि.सं. २०२७

नि.नं. 572 — उत्प्रेषणको आदेश जारी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा १८ (१)–जग्गावालाले म्याद भित्रै जग्गाको लगत दाखिल गरी सकेपछि–अरुले उक्त जग्गा आफ्नो लगतमा पारी म्याद नाघे पछि लगत दाखेल गरेकोले जग्गाधनीसंग नबुझी उक्त जग्गा जफत गरेमा–प्राकृतिक न्यायको सिद्धान्त विपरित हुने । म्यादै भित्र लगत दाखिल गरी कसुर नगर्ने व्यक्तिको जग्गा म्याद नाघी लगत दाखिल गर्ने अन्य कुनै कसुरदारले कसुर गरेर कसुरै नगर्ने व्यक्तिको जग्गा आफ्नो लगतमा पारी दिएबाट निर्दोष व्यक्तिको सम्पत्ति जफत गर्ने गरेको देखियो । अधिकारीले दिएको लिखित जबाफमा पनि रिट निवेदन परेपछि जि.पं.का.सिराहा मालबाट लगत लिई बुझ्ने कारवाई चलेको देखियो । निजले जग्गा जफत गर्नु भन्दा अघिनै जो बुझी यकिन गरेर मात्रै जग्गा जफत गर्नुपर्ने प्रष्टछ र जुन मानिसका सम्पत्ति अपहरण गरियो उसलाई सफाई दिने मौकासमेत नदिई सम्पत्ति अपहरण गर्नु प्राकृतिक न्यायको सिद्धान्तको पनि विरुद्ध भएको देखिन्छ । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.572
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी पाउँ
निर्णय वर्ष / मिति2025/09/26
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 572
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्