नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 571 · वि.सं. २०२७
नि.नं. 571 — बाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बाली मुद्दाको स्वतन्त्ररुपले निर्णय गर्न मिल्ने देखिएमा–जग्गातर्फ छुट्टै उजूर गरी हक कायम गरी ल्याउनु पर्ने भन्ने तर्कसंग सहमत हुन नमिल्ने । प्रस्तुत मुद्दाको हकमा स्वतन्त्ररुपले निर्णय गर्न मिल्ने नै देखिनाले ०२३।१०।२५।३ को डिभिजन बेञ्चको उपरोक्त तर्कसंग सहमत हुन मिलेन । (प्रकरण नं. १२) (२) तत्काल प्रचलित अ.बं.१८१ नं. र हालको अ.बं.१३६ नं.तथा २००५।१२।८।२ को खड्गनिसाना तोक सदर बमोजिम २००६ साल जेष्ठ बेमितिको सनद–उपरोक्त ऐन तथा सनदले गरेको व्यवस्थाको कारण बाली मुद्दामा जग्गातर्फ हक बेहकमा छुट्टै नालेस गर्नु भनी सुनाउन नमिल्ने । उक्त हक बेहक निर्णयको लागि छुट्टै (नालेस गर्नु भनि सुनाउनु पर्ने हो कि भन्न वादी प्रतिवादीमा लेखिएको मानिस नुबझी मुद्दा नछिनिने देखिएकोमा परी राखेकै मुद्दाबाट बुझी फैसला गर्न मिल्ने तत्काल प्रचलित अ.बं.१८१ नं.र हालको अ.बं.१३९ नं.मा व्यवस्था भएकै र यस किसिमको बाली मुद्दासमेतमा जग्गा हक बेहकको निर्णय गर्नुपर्ने समेत हुन आएकोमा मुद्दा परेकै अड्डाबाट कीर्तेमा बयान गरे सरह वादीको बयान गराई लाग्ने कोर्टफीसमेत असूल गरी वादीको बयानबाट प्रतिवादीको सबूद खुलाई बयान गराई लिनुपर्ने हुन आएमा प्रतिवादीको समेत बयान गराई सबूद प्रमाण लिई फैसला गर्नुपर्ने समेत उस बखतको ०५।१२।८।२ को खड्गनिशाना तोक सदर बमोजिम ०६ साल जेष्ठ बेगतेमा भएको सनदमा प्रष्ट उल्लेख भएको देखिएको समेत हुनाले हक बेहकमा छुट्टै नालेस गर्नु भनी सुनाउन मिल्ने देखिएन । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 571 |
|---|---|
| मुद्दाको विषय | बाली |
| निर्णय वर्ष / मिति | 2027/02/06 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 571 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
