नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 570 · वि.सं. २०२७

नि.नं. 570 — मोहीयानी हक सुरक्षित

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गाको सँधियारसमेतले वादी मोहिया भई कमाएको भनी लेखी दिएमा–उक्त जग्गा वादीलाई बन्धकी दिई थैली तिरी उक्त बन्धकी फट्टा गरेकोसम्म नाताले निज वादीले उक्त जग्गा नकमाएको भन्न नमिल्ने । ०९ सालमा बाबुले वादीलाई बन्धकी दिई ०१२ सालमा निखनी ०१३ सालमा बाबु परलोक भई ०१४ सालदेखि मेरो भागमा परेको भनी प्रतिवादी निवेदन साथ बन्धकी तमसुक नक्कल समेत पेश गरेको, त्यसबाट ०१२।४।३०।१ मा बन्धकी थैली बुझी लिई फट्टा जनाएको समेत देखिएको भए पनि पहिलेदेखि आफू मोहिया भई कमाई राखेको जग्गा बीचमा जग्गाधनीबाट बन्धकी लिई पछि थैली बुझी निखनी दिएको समेत हुनसक्छ । जग्गाको सँधियार समेतले ०२१ सालसम्म वादी मोहिया भई कमाएको भनी लेखी दिएको कुरामा ०१२।४।३०।१ मा बन्धकी फट्टा भएको सम्म नाताले त्यस मोही देखि यता वादीले नकमाएको भन्न मिल्ने देखिदैन । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.570
मुद्दाको विषयमोहीयानी हक सुरक्षित
निर्णय वर्ष / मिति2027/07/07
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 570
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्