नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 569 · वि.सं. २०२७

नि.नं. 569 — मोहीयानी हक सुरक्षित

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ (१)–उपरोक्त ऐन प्रकाशित हुन पूर्व (२५।२६ वर्ष अगावै) देखि जग्गा कमाइआएको भन्ने दावी भएमा–उपरोक्त दफा ३४ अनुसार कबुलियत र रसिदको प्रमाण नभएकोसम्म कुराले मोहिया भई कमाएको कायम नहुने भन्न नहुने । भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ (१) मा रहेको जग्गा कमाउन लिँदा दिँदा भन्ने शब्दले उक्त ऐन प्रकाश भइसकेपछिको कुरालाई संकेत गरेको, उक्त ऐन प्रकाशित हुनुभन्दा पहिले नै २५।२६ वर्ष अगावैदेखि कमाई आएको भन्ने वादी दावी हुनाले उक्त दफा ३४ अनुसार कबुलियत र रसिदको प्रमाण नभएको भन्नेसम्म कुराले मोहिया भई कमाएको कायम नहुने भन्न भएन । (प्रकरण नं. ११) (२) सँधियार सर्जिमिनहरु मध्ये धेरैले वादीले जोती आएको भनेमा–मुख्य झगडा परेको जग्गाको एकभन्दा बढी सँधियारहरुले २०२१ सालसम्म वादी मोहिया भई कमाएको र २०२२ सालदेखि प्रतिवादीले कमाएको भनी लेखी दिएमा–भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ पछि प्रतिवादीले वादीको नाममा जोताहा दर्ता गरेको बदर गरी झगडा जनाइपाउँ भन्ने मुद्दामा कारवाई गर्न नपर्ने भनी भूमिसुधार विशेष अदालतबाट अन्तिम फैसला भइरहेमा–वादीले जोताहा निस्सा प्राप्त गरिसकेमा–०२१ सालसम्म वादी मोहिया भई कमाएको प्रमाणित हुने । सँधियार सरजमिनहरुको भनाई हेर्दा कसैले अघिदेखि प्र.ले कमाएको भन्ने, कसैले २० साल, कसैले २१ साल, १० साल, कसैले १६ साल, कसैले ०२२ सालसम्म र कसैले २।४ वर्ष कसैले १४।१५ वर्ष अघि वादीले कमाएको त्यसपछि प्रतिवादीले कमाएको भन्ने विभिन्न भनाई भए पनि धेरैले जग्गा वादीले जोती आएको भन्ने कुरा समर्थन गरेको र मुख्य झगडा परेको जग्गाको सँधियारमा सानाबाबु खड्का १ जना बाहेक अरु पानाचा महर्जन १ गणेशबहादुर खड्का, मानबहादुर खत्री समेतले ०२१ सालसम्म वादी मोहिया भई कमाएको थियो । ०२२ सालदेखि प्रतिवादीले कमाएको छ भनी किटानसाथ लेखी दिएको पाइन्छ । भूमिसम्बन्धी ऐन लागू भएपछि रामबहादुरले आफ्नो नाममा जोताहा दर्ता गरेको बदर गरी झगडा जनाई पाउँ भनी यो मुद्दाको प्रतिवादी कुलबहादुरले वादी रामबहादुरउपर दिएको मुद्दामा झगडा जनाउनेतर्फ कारवाई गर्नु नपर्ने समेत भनी भू.सु.वि.अ.काठमाडौंबाट ०२३।५।२।५ मा अन्तिम निर्णय भएको र वादीले जोताहा अस्थायी निस्सा प्राप्त गरी सकेको समेत पाइयो । तसर्थ उपरोक्त कारणहरुबाट ०२१ सालसम्म वादी मोहिया भई कमाइएको प्रमाणीत हुने हुँदा अघिदेखि म आफैले कमाएको भन्ने प्रतिवादी जिकिर पुग्न सक्दैन । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.569
मुद्दाको विषयमोहीयानी हक सुरक्षित
निर्णय वर्ष / मिति2027/07/07
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 569
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्