नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 568 · वि.सं. २०२७
नि.नं. 568 — जग्गा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफ्नो जग्गा अरुको नाममा दर्ता हुँदा–नामसारी दाखेल दर्ता गर्नु भनी दर्तावालाले गरी दिएको मञ्जुरनामा छोडपत्र–तत्कालिन रजिष्ट्रेशनको ३ नं.अनुसार रजिष्ट्रेशन पास नभएमा–उक्त लिखत तत्काल कार्यान्वित नगरी धेरै पछि मात्र दाखेल दर्ता गरेको भन्ने प्रमाणको अभावमा–उक्त जग्गा आफ्नो हकको भन्ने भनाई सन्दिग्ध देखिने । सो लिखत तत्काल प्रचलित रजिष्ट्रेशनका ३ नं.बमोजिम रजिष्ट्रेशन पास नभएको र यदि आफ्नो जग्गा वादी वलदेवको नाउँमा दर्ता हुन गएको भए तत्काल सो लिखत कार्यान्वित गराई कानूनबमोजिम जग्गा आफ्नो नाममा दाखेल दर्ता गराउन सक्नुपर्नेमा धेरै वर्ष पछि १५।१।१६ मा मात्र दाखेल दर्ता गराएको भन्ने भनाई भएको, सो दाखेल दर्ताको १ नं.फाराम चोरीमा परेको भनी पेश दाखेल हुन पनि नसकेको समेत हुँदा मेरो जग्गा भन्ने प्रतिवादी नथरको भनाई सन्दिग्ध देखिन आउँछ । (प्रकरण नं. १२) (२) अरुको जग्गाको मालपोत हस्तेवारी गरी बुझाएको देखिएमा–आफूले मालपोत तिरे बुझाएको मान्न नमिलेमा–आफ्नो मालपोत बुझाएको रसिद प्रस्तुत गर्न नसकेमा–उक्त जग्गा आफ्नो तिरो भोगको प्रमाणित नहुने । मालपोत नथरले हस्तेवारी गरी बुझाई दिएको भन्ने देखिन आउने, सो रसिदहरुमा जग्गा कठ्ठा ।४.२ नथरको भन्ने जनिएको हुनुबेगर आंशिक रुपमा सो जग्गा कठ्ठा ।४.२ को मालपोत प्र.नथर आफूले तिरे बुझाएको मान्न मिलेन । आफ्नो जग्गा भए ०४ सालको नापी भन्दा अगाडिको रसिदहरु पनि पेश गर्न सक्नुपर्नेमा सकेको नदेखिएको समेत हुँदा जग्गा प्रतिवादी नथरको भोग तिरोको रहेछ भन्ने प्रमाणित हुँदैन । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 568 |
|---|---|
| मुद्दाको विषय | जग्गा |
| निर्णय वर्ष / मिति | 2026/11/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 568 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
