नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 567 · वि.सं. २०२७
नि.नं. 567 — लिखत पास
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ को उपदफा ७ (३)–जग्गा हक छाडी दिएको लिखत मान्यता नदिने व्यवस्था उक्त दफाको तात्पर्यको लागि मात्र सिमित–उक्त लिखत पास हुँदैमा उक्त दफाको तात्पर्यको लागि मान्यता नदिई छाड्ने दाताको साथमा रहे सरह मानी कारवाई गर्न केही असर नपर्ने “यस दफाको तात्पर्यको लागि मान्यता दिइने छैन” भन्ने शब्दहरु सम्मको प्रयोगले रजिष्ट्रेशन पास गर्नमा बाधा नदिने । आखिरी उक्त भूमिसम्बन्धी ऐनको थप दफा ७ को उपदफा (३) मा यस दफाको तात्पर्यको लागि भन्ने शब्दहरु समुह प्रयोग गरेर विधिकर्ताले लिखत मान्यता प्राप्त गर्न नसक्ने कुरामा उक्त दफा ७ को तात्पर्यको लागि मात्र सिमित गराएको प्रष्ट छ, यस्तो लिखतलाई उक्त दफा ७ को उपदफा (३) बमोजिम सो दफाको तात्पर्यको लागि मान्यता नदिई जग्गा छाड्ने दाताको साथमा रहे सरह मानी ऐनबमोजिम कारवाई गर्न सम्बन्धित अधिकृतको अधिकार वा कर्तव्यमा लिखत पास हुँदैमा कुनै असर पर्न समेत सक्दैन । उक्त दफा ७ (३) को यस दफाको तात्पर्यको लागि मान्यता दिइने छैन भन्ने सम्म कुराले त्यस्तो लिखत रजिष्ट्रेशनका ऐनबमोजिम रजिष्ट्रेशन पास गर्ने कुरालाई बाधा दिन्छ भन्न मिल्ने देखिन आउँदैन । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 567 |
|---|---|
| मुद्दाको विषय | लिखत पास |
| निर्णय वर्ष / मिति | 2027/04/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री राजा इश्वरी जंगबहादुर सिंहको रायसंग सहमत हुन नसकेको हुँदा प्रस्तुत मुद्दा निर्णयार्थ फुल बेञ्चमा नियमबमोजिम पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री हेरम्बराजको राय | माननीय न्यायाधीश श्री राजा इश्वरी जंगबहादुरले डिभिजन बेञ्चमा राय व्यक्त गर्नुभएको रहेछ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 567 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
