नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 566 · वि.सं. २०२७

नि.नं. 566 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रजिष्ट्रेशनको ३ नं.–मानु छुट्टिएको मिति बारे दुवै थरको मुख नमिलेमा–ऐनले तोकेको बन्देजमा रहनुपर्ने–रजिष्ट्रेशन पासको अभावमा–यो मितिमा मानु छुट्टिएको हो भनी मञ्जुर गरे पनि मान्यता दिन नसक्ने कारण फिराद परेको मिति छुट्टिएको मिति कायम हुने । कुनै खास दिनमा मानु छुट्टिएको भन्ने दुवैथरको लेखाई नभई यति गते भन्ने कुरामा मुख नमिलेकोले ऐनले तोकेको बन्देजमा रहनुपर्ने हुन आयो । त्यसतर्फ हेर्दा रजिष्ट्रेशनका ३ क नं.ले रजिष्ट्रेशन पास भएको लिखत बेगर यो मितिमा मानु छुट्टिएको हो भनी मञ्जुर गरे पनि अदालतले मान्यता दिन नसक्ने हुनाले फिराद परेको मिति ०५।२।१७ मा मानु छुट्टिएको मिति कायम हुन्छ । (प्रकरण नं. १४) (२) अंशबण्डाको ३३ नं.–सबै छोरालाई अंश गर्नुपर्ने सम्पत्ति आमाले एउटा छोरालाई मात्र लेखी दिएमा–कानून विरुद्ध देखिने । लिखतकै सहाराले बकस पाउने गोपालबहादुरले एकलौटी भाग गर्न पाउँछ भनी त्यसै बखतमा भन्न सकिन्छ, जब त्यो लिखत कुनै ऐन विरुद्ध नहोस । अंशबण्डाको ३३ नं.मा बाबुको शेषपछि पनि कोही छोरा आमासित संगबसेका रहेछन वा कोही पनि संगबसेका रहेनछन, आफ्नो चित्त बुझी अंश नखोजी बेग्ला बेग्लै बसेका रहेछन र आमा मरेपछि अंश गर्नु पर्‍यो भने पनि आमाको काजक्रिया गरी बाँकी रहेको सबैसितका बाबु बाजेका आर्जनको ऋण धनमा ऐनबमोजिम सबै छोरालाई बाँडी दिनु भन्ने बोली परेकोले सवै छोरालाई अंश गर्नुपर्ने सम्पत्ति आमाले एउटा छोरालाई मात्र लेखी दिएको कानून विरुद्ध देखिएको हुँदा बकसपत्रबाट गोपालबहादुरलाई रत्नकुमारीको अंश एकलौटी दिन मिल्दैन । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.566
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2027/08/05
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 566
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्