नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 565 · वि.सं. २०२७
नि.नं. 565 — जग्गा पत्ता लगाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सर्वोच्च अदालतबाट अन्तिम निर्णय भई टुंगो लागी सकेको बिषयलाई अदालतमा हक बेहकमा नालेस गर्न जानु भनी सुनाएमा उक्त निर्णय मिलेको नदेखिने । एकपटक अदालत तहमा मुद्दा परी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट अन्तिम निर्णय भई टुंगो लागी सकेको जग्गा हक बेहकतर्फ पुनः यस उजुरबाट कारवाई निर्णय हुन पर्ने प्रसंग नभएकोले त्यस किसिमसंग हक बेहकको रुप दिन अदालतमा नालेस गर्न जानु भनी सुनाएको माल र जिल्ला प्रमुख अधिकारीको निर्णय मिलेको देखिएन । सो बदर हुन्छ । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 565 |
|---|---|
| मुद्दाको विषय | जग्गा पत्ता लगाई पाउँ |
| निर्णय वर्ष / मिति | 2027/08/05 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 565 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
