नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 563 · वि.सं. २०२७
नि.नं. 563 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) गुठी संस्थानबाट अधिकारप्राप्त महन्त हुँ भन्ने भनाईलाई खण्डन गर्न नसकेमा–मठाधीशको जबाफदेहिको कुरामा निज मठाधीशले मुद्दा चलाउन पाउने । निवेदक जनकपुर अञ्चल धनुषा जिल्ला इटरहवा गाउँ पञ्चायत अन्तर्गत स्थित इटरहवा स्थान गुठी संस्था अन्तर्गतको मठ हो र निवेदक गुठी संस्थानद्वारा अधिकारप्राप्त सो मठको महन्त हुँ भन्ने निवेदकको भनाईलाई विपक्षीले खण्डन गर्न समेत सकेको देखिंदैन र उक्त मठाधीशको पनि जबाफदेही हुने हुनाले आफ्नो जबाफदेहिको कुरामा निवेदकले मुद्दा चलाउन पाउने नै देखिंदा विद्वान सरकारी अधिवक्ताको बहस जिकिरसंग सहमत हुन सकिएन । (प्रकरण नं. ५) (२) भू.सं.ऐनबमोजिम जग्गावालाको परिभाषा भित्र नपरेमा–साविक बमोजिम आधा बाली लिने गरेकोमा–सो निषेध गर्ने कानूनी व्यवस्थाको अभावमा भूमि सं.ऐनबमोजिम वार्षिक उब्जनीको आधा बाली मात्र लिन पाउँछ भन्न नमिल्ने । अब बार्षिक उब्जनीको आधामात्र लिन पाउने वा हरेक बालीको आधा लिन पाउने के हो भन्ने कुराको हकमा भूमिसम्बन्धी ऐनबमोजिम श्री ५ को सरकारमा मालपोत तिर्न पर्ने जग्गा भोगेको नहुँदा निज निवेदक जग्गावालाको परिभाषा भित्र नपरेको र साविक बमोजिम आधा लिने गरेकोमा सोनिषेध गर्ने कानूनी व्यवस्थाको अभावमा भूमिसम्बन्धी ऐन बमोजिम बार्षिक उब्जनीको आधाबाली मात्रलिन पाउँछ भनी भन्नमिल्दैन । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 563 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2026/11/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 563 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
