नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 562 · वि.सं. २०२७

नि.नं. 562 — गैरकानूनी पुस्तिका बिक्री गरेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०१९ को दफा २७–कुनै पुस्तिका गैरकानूनी ठहर्नु भन्दा अगाडि बिक्री गर्दा उक्त बिक्रीलाई गैरकानूनी पुस्तिका बिक्री गरेको भनी निर्णय गरेमा–उक्त निर्णय मिलेको नदेखिने । तर, प्रस्तुत केशमा पुनरावेदकहरुले मिति ०२६।२।८ मा बिक्री गरेको पुस्तिका मिति ०२६।२।१२।१ मा मात्र बागमती अञ्चलाधीशबाट गैरकानूनी ठहरिएको देखिएकोले गैरकानूनी ठहर्नु भन्दा अगाडि बिक्री गरेकोमा गैरकानूनी पुस्तिका बिक्री गरेको भनी बागमती अञ्चलाधीशको निर्णय छापाखाना प्रकाशन सम्बन्धी ऐन, २०१९ को दफा २७ अनुसार मिलेको देखिएन । (प्रकरण नं. १२) (२) छापाखाना र प्रकाशन रजिष्ट्रेशन ऐन, २०१९ को दफा १०–कुनै पत्रिकाको प्रकाशकले उक्त पत्रिकाको निम्ति कसैसंग लिखित अन्तरवार्ता लिएको देखिएमा निज प्रकाशककै प्रकाशनमा उक्त अन्तरवार्ता छापिएको स्पष्ट हुने, उक्त पत्रिकाकै मोलमा उक्त पुस्तिका (अन्तरवार्ता) बिक्री गरेमा–उक्त पुस्तिका उक्त पत्रिका कै अंग हुने । बागमती अञ्चलाधीशको उक्त निर्णयमा छापाखाना र प्रकाशन रजिष्ट्रेशन ऐन, २०१९ को दफा १० ले कुनै पनि किताबमा प्रकाशक, मुद्रक र छापाखाना समेतको नाम समेत उल्लेख हुनुपर्नेमा सो उल्लेख भए गरेको नदेखिएको हकमा उक्त पुस्तिकाको शिरमै श्री विशेश्वरप्रसाद कोइरालासंग कल्पनाका प्रकाशक श्री केदारनाथ श्रेष्ठले कल्पनाको निमित्त हालै लिनु भएको लिखित अन्तरवार्ता भनी लेखिएको देखिएकोले कल्पनाकै प्रकाशक केदारनाथ श्रेष्ठको प्रकाशनमा छापिएको स्पष्टै देखियो र कल्पनाकै मोल रु.१। मै बिक्री गरेकोले उक्त पुस्तिका कल्पना पत्रिकाकै अंग देखिएको समेतबाट बागमती अञ्चलाधीशको मिति २०२६।२।१२।१ को निर्णय गल्ती ठर्हछ । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.562
मुद्दाको विषयगैरकानूनी पुस्तिका बिक्री गरेको
निर्णय वर्ष / मिति2027/08/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री नयनबहादुर खत्री | माननीय न्यायाधीश श्री झपटसिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 562
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्