नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 559 · वि.सं. २०२७

नि.नं. 559 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रहरीमा भएको साविती कागज शंकारहित तवरले परिपुष्टि नभएमा–उक्त सावितीलाई अकाट्य प्रमाण मान्न नमिल्ने । अतः अन्य प्रमाणहरुबाट निज मुरलीको प्रहरीमा भएको साविती कागज शंकारहित तवरले परिपुष्टि हुनसकेको नदेखिएकोले त्यस्तो सावितीलाई अकाट्य प्रमाण मान्न मिलेन । (प्रकरण नं. १३) (२) विशेषज्ञबाट जाँच नभैकन कहिं लागेको दाग मानिसको रगत भन्ने कल्पना गर्न नसक्नाको साथै कहीं लागेको रगतमा विद्यमान मानिसको पाइतालाको चिन्ह अभियुक्तकै भन्ने अनुमान गर्न नमिल्ने । विशेषज्ञबाट जाँच हुनसकेको हुनु बेगर मुरली कृष्णबहादुरले लगाएको कपडामा लागेको दाग मानिसकै रगतको हो भन्ने कल्पना गर्न र पानामा चुरोटको पेटीमा रगत लागेकोमा मानिसको पाइतालाको चिन्ह भएको अभियुक्तहरुकै हो भन्ने अनुमान गर्न नमिल्ने समेत हुँदा ति कुराहरुलाई प्रमाणमा लिन मिल्ने देखिंदैन । (प्रकरण नं. १४) (३) अभियुक्त कसूरमा इन्कार रहेमा–निजले कर्तव्य गरी मारेको भन्ने किटानसाथ पोल उजूर नभएमा–मौका तहकिकात र सरजमिन समेतले अभियुक्त उपर कसूरमा शंकासम्म पनि गर्न नसकेमा–मौकैमा देखें सुनें भन्ने कसैको भनाई नभएमा–चस्मदिद सबूद प्रमाण र ठोस परिबन्दको अभावमा–शंकाको भरले कसूरदार ठहराउन नमिल्ने । प्रतिवादीहरु सबै कसुरमा इन्कार रहेका, प्रतिवादीहरुले नै कर्तव्य गरी मारेको भन्ने किटानी पोल उजूर नभएको, मौका तहकिकात र पछि बुझिएका समेत सरजमिनले प्रतिवादीहरु उपर कसुरमा शंकासम्म पनि गर्न नसकेका, प्रतिवादीहरुले रातमा वारदात गरेको भए रुपैयाँ सापटमा गरेको बिषयमा भनाभन भई हल्ला भएको, मर्ने नरबहादुरको पसल नजिक घर हुने सूर्यबहादुरले जरुरै सुनेको हुनुपर्नेमा निजले थाहा छैन भनेको समेत भई मौकामा देखे सुनेको भन्ने कसैको भनाई नभएको यस्तो अवस्थाको वारदातमा चस्मदिद सबूद प्रमाण र ठोस परिबन्दको अभावमा शंकाको भरले कसूर ठहराउन नमिल्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.559
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2027/05/24
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 559
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्