नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 556 · वि.सं. २०२७
नि.नं. 556 — जग्गा तिरो जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तिरो कबूल गरी नतिरे जग्गा पाउँदैन भन्ने १९४२ सालको सनद र दर्तावालाबाट तिरो लिई जग्गा बुझाई दिनु भन्ने १९९२ सालको खड्गनिसाना–१९९२ सालको खड्गनिशानामा सन्धिसर्पनको लामपाटो छुचि भन्ने जग्गा दर्तावालाबाट तिरो लिई बुझाई दिनु भन्ने उल्लेख भएको कारण १९४२ सालको सनद (जसमा उक्त जग्गाको तिरो कबूल गरी तिर्दैनन् भन्या पाउँदैन भन्ने बोली परेको) बमोजिमको कबूलियत र तिरो तिरेको प्रमाणको अभावमा जग्गा बँझाई सन्धिसर्पन कायम रहेको मान्न नमिल्ने भन्ने तर्क मनासिव नपर्ने । उक्त १९४२ सालको सनद बमोजिम रैतिहरुले कबुलियत गरी तिरो तिरेको प्रमाण वादीहरुले दिनसकेका छैनन् । उक्त सनदमा तिरो कबुल गरी तिर्दैनन् भने पाउँदैनन् भन्ने बोली परेकोले कबुलियत र तिरो तिरेको रसिदको अभावमा जग्गा बँझिई सन्धिसर्पन कायम रहेको मान्न मिल्दैन भन्ने निवेदक प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ताको मुख्य बहस जिकिर भएको हकमा १९४२ सालको सनद पछि १९९२ सालमा सन्धिसर्पनको लामपाटो छुची भन्ने जग्गा दर्तावाला नरवीर धर्मराजबाट तिरो लिई बुझाई दिनु भन्ने अर्को खड्गनिशाना भएको भएपछि सो अघि १९४२ सालको सनदबमोजिम कबुलियत र तिरो तिरेको प्रमाण नभएको भन्ने तर्कगर्नु मनासिव नपर्ने र पछिको हकमा १९९२ सालको ख.नि.सवालमा दर्तावाला नरवीर धर्मराजबाट तिरोलिई बुझाइदिनु भन्ने प्रष्ट उल्लेख हुनाले विद्वान व.अधिवक्ताको उपरोक्तबहस जिकिरसंग सहमत हुनसकिएन । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 556 |
|---|---|
| मुद्दाको विषय | जग्गा तिरो जालसाजी |
| निर्णय वर्ष / मिति | 2026/12/07 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 556 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
