नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 555 · वि.सं. २०२७

नि.नं. 555 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अरुले कुटेको स्वीकार गरेमा–सर्जमिनहरु कसैले कुटेको देखेको र कसैले सुनेको भनेमा–लासजाँच मुचुल्काबाट मर्नेको शरीरमा भए परेको देखिएको घा–खत निलडाम अरु नै कुनै किसिमबाट भएको भन्ने सबूद पुर्‍याउन नसकेमा–कुट्दा प्रयोगमा ल्याइएको भनेको पदार्थ फेला परेमा –कुटेकोमा इन्कार गरे पनि कुटपिट गरेकै ठहरिने । सर्वप्रथम मर्ने गुनेलाई प्रतिवादीहरुले कुटपिट गरे नगरेको के रहेछ भन्नेतर्फ हेर्दा प्रतिवादी साईलो भन्ने लालसिं कामी आफूले कुटेको होइन भनी इन्कार गरेको भए पनि ज्ञानबहादुरको घरमा गुनेलाई लगी भवी सर्केनीको रुपैयाँ चोरी गरेमा खारखेर गरी ज्ञानबहादुरले कुटेको भन्ने कुरा स्वीकारै गरेको देखिन आयो । मौका सरजमिनमा बुझिएका कसैले पनि प्रतिवादीहरुले कुटेको होइन भन्न नसकी नन्दबहादुर सार्कीले ०२३ साल पौष ८ गते गुनेलाई डोरीले खामोमा बाँधी ज्ञानबहादुरले कोर्राले र साइलो कामीले आफुले लगाएको जुत्ता समेतले कुटेको देखेको भनी किटानी साथ र अरु सरजमिनहरुले कुटपिट गरेको सुनेको समेत भनी शंका गरी लेखिदिएको पाइन्छ । लासजाँच मुचुल्काबाट मर्ने गुनेको अंग शरीरमा भए परेको देखिएको घा–खत निलडामहरु अरु नै यो यस किसिमबाट भए परेको भन्ने सबूद पुर्‍याउन प्रतिवादीहरुले नसकेका र खामोमा बाँधी सिस्नाको मुठो समेतले कुटेको भन्ने भनाई भएकोमा मौका तहकिकात हुँदा बाँधेको भन्ने खामो नगिच सिस्नाको आँठो फ्याँकी राखेको पनि फेला परेको समेत उपरोक्त प्रमाणहरुबाट मर्ने गुनेलाई प्रतिवादी ज्ञानबहादुर कार्की, लालसिं कामीहरुले कुटपिट गरेकै सिद्ध हुन आउने हुँदा प्रतिवादीहरुले कुटपिट गरेकै ठहराएको सम्म माननीय न्यायाधीश श्री रत्नबहादुर विष्टको राय मनासिव छ । (प्रकरण नं. १३) (२) ज्यान सम्बन्धीको ५ नं.–ज्यान लिने इवीलाग मनसाय नभई अरु अपराध (चोरी) मा सावित गराउन साधारण कुटपिटसम्म गरेमा–पछि केही भई कुटाएर बस्ने व्यक्ति मरेको देखिएमा–उक्त कुटपिटको घा–खतको रुपबाट मर्ने जस्तो नदेखिएमा–त्यसैद्वारा मर्न गएमा–भवितव्य ठहरिने । उक्त ज्यान सम्बन्धीको ५ नं.मा ज्यान लिने इवीलाग वा मनसाय नभई कसैले आफुले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठर्हछ भन्ने उल्लेख भएको र प्रस्तुत मुद्दाको घटनालाई विचार गर्दा ज्यान लिने इवीलाग मनसाय नभई चोरीमा सावित गराउन साधारण कुटपिटसम्म भए गरेकोमा, पछि केही भई मरेको भन्ने देखिने र सो कुटपिटको घा–खतको रुपबाट मर्ला जस्तो नदेखिएकोबाट त्यसैद्वारा मर्न गएको यस्तो घटना उक्त ज्यानसम्बन्धीको ५नं.अन्तर्गत नै पर्न आउने देखिएकोले उक्त ५ नं.अनुसार भवितव्य ठर्हछ । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.555
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2027/04/13
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रत्नबहादुर विष्टको राय मनासिव छ । | माननीय न्यायाधीश श्री रत्नबहादुर विष्टको राय मनासिव छ । मर्ने गुने सार्की सोही कुटपिटको चोट पिर निको नभई २१ दिनभित्र मरेको भन्ने देखिएको भएपछि मारौं भन्ने नियतले नै कुटेको भन्ने नभई चोरी ग
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 555
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्