नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 552 · वि.सं. २०२७
नि.नं. 552 — बेइज्जती
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आदेश बमोजिम गुज्रेको हदम्याद थामिने अवस्था नदेखिएमा–वादी कस्का छोरा हुन् भनी तहकिकात गर्न पठाउँदा अंश मुद्दापट्टि निजलाई अंश दिन नपर्ने सर्वोच्च अदालतबाट ठहराई फैसला गरेमा–निज वादीलाई अंश मार्ने नियतले अर्काको छोरा भनी बेइज्जती गरेको भन्ने वादीको नालेस खारेज हुने । उपरोक्त आदेश बमोजिम गुज्रेको हदम्याद थामिनसक्ने अवस्था देखिएन, पहिले शुरु र अपीलले खारेज गरेकोमा ०२६।३।१९।६ को डिभिजन बेञ्चबाट अंशमा मार्न अर्कोको छोरा भनी बेइज्जती गरे भन्ने दावी हुँदा वादी कस्का छोरा हुन ठहर तहकिकात गर्नुपर्ने, अरु बेइज्जती सरहको भनी खारेज गर्न नहुने भनी तहकिकात गर्न पठाएको हकमा अंश मुद्दापट्टि अंशमा वादीको दावी लाग्न नसक्ने हुँदा खारेज हुने ठहरी आजै यसबेञ्चबाट फैसला भएको समेत हुँदा ऐनको हदम्याद नाघी दर्ता भएको नालेस खारेज हुने ठर्हछ । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 552 |
|---|---|
| मुद्दाको विषय | बेइज्जती |
| निर्णय वर्ष / मिति | 2027/04/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 552 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
