नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 551 · वि.सं. २०२७

नि.नं. 551 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नेपाल बिशेष अदालत ऐन, २०१३ को दफा २ (२)–तिनजना सदस्य रहेको विशेष अदालतमा–अध्यक्ष सहित दुईजना सदस्यको उपस्थिति नभई अध्यक्ष एकजनाले मात्र कारवाई चलाएमा–उक्त कारवाईलाई अनधिकृत कारवाई भन्नु पर्ने । प्रस्तुत केशमा कानून मन्त्रालयको ०२५।८।९।१ को श्री ५ को सरकारको निर्णय अनुसार विभिन्न अञ्चलहरुको दौडाहा टोली खटाइएको सूचना १८ अतिरिक्ताङ्क २४ को २०२५।९।१३ गतेको राजपत्रमा प्रकाशित भएको छ र त्यसमा दौडाह टोली भनी अध्यक्ष सहित २ जना सदस्यहरु समेतको उल्लेख छ । प्रस्तुत केशमा उपरोक्त लेखिएअनुसार विशेष अदालत ऐन, २०१३ को दफा २ (२) अनुसार कम्तिमा १ जना अध्यक्ष र १ जना सदस्य सामेल भई विशेष अदालत गठन गरी मुद्दा मामिलामा कारवाही नगर्ने, कानूनी व्यवस्था प्रतिकूल केवल १ जना अध्यक्षले राममाया श्रेष्ठको निवेदनपत्र लिई कारवाई चलाई मिलापत्र गरे गराएको मिसिल सामेल रहेको सक्कल पानाहरुबाट देखिएकोले यस्तो कारवाई उक्त विशेष अदालत ऐन, २०१३ को दफा २ (२) अनुकूल भन्न कुनै हालतमा पनि नमिल्ने हुनाले अनधिकृत कारवाही भन्नु परी सोबाहेक अन्य जिकिर खोजी बुझिरहन दरकार नभएकोले संविधानको धारा ७१ अन्तर्गत २०२५।१२।२९।६ मा दौडाहाको अध्यक्षले गराएको मिलापत्र उत्प्रेषणको आदेशद्वारा बदर हुने ठर्हछ । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.551
मुद्दाको विषयउत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2027/03/05
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 551
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्