नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 550 · वि.सं. २०२७

नि.नं. 550 — तलब दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ज्याल मजुरीको २ नं. र ५ नं.–२ नं.अन्तर्गत तलब दिलाई पाउँ भन्ने दावीमा ५ नं. को हदम्याद (काम कुरा भए गरेको मितिले ३५ दिन भित्र) को व्यवस्था लागू हुने । ज्याला मजुरीका २ नं.ऐन अन्तर्गत तलब दिलाई पाउँ भन्ने वादीको दावी भएकोमा हेर्दा उक्त ज्याला मजुरीको ५ नं.मा यस महलको कुरामा सो काम कुरा भए गरेका मितिले ३५ दिन भित्र नालेस नदिए लाग्नै सक्दैन भन्ने व्यवस्था भएको पाइयो । ०२१ साल फाल्गुण ३ गते यताको हकमा वादी नोकरीमा रही कामकाज गरेको प्रमाण नभएको र ०२१ साल फाल्गुण ३ गतेसम्मको हकमा सो मितिसम्मको कामकाज गरेको तलब नदिएको भए उक्त ज्याला मजुरीको ५ नं.बमोजिम सोही मितिले ३५ दिन भित्र नालेस दिनुपर्नेमा सो हदम्याद नाघिसकेपछि ०२३।२।२५।३ मा मात्र वादीको नालेस दर्ता भएको देखिएको समेत हुँदा ऐनको म्याद नाघी दायर भएको नालेस खारेज गर्ने ठहराई ०२६।८।३०।२ को डिभिजन बेञ्चमा माननीय न्यायाधीश राजा इश्वरीजंगबहादुर सिंहले व्यक्त गर्नुभएको राय मनासिव छ । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.550
मुद्दाको विषयतलब दिलाई पाउँ
निर्णय वर्ष / मिति2027/04/02
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रत्नबहादुर विष्टको राय र कानपुर माल खरीद गर्न पठाएको पैसा पनि बुझाएन
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 550
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्