नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 549 · वि.सं. २०२७

नि.नं. 549 — राजीनामा बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कसैले बेहकमा बिक्री गरेमा बदर भई तत्काल प्रचलित साहू आसामीको ऐन अनुसार वादीको हकमा जाने र विधवा अंशधनको ऐन अनुसार जसको हकमा थियो उसैको रहने, पछिल्लो ऐन अन्तर्गत लिखत बदर गर्ने गरेको फिरादमा–पहिलो अन्तर्गत बिक्री गरेको सम्पत्ति थामिन्छ भनी दावी र विवाद नउठाएको कुरामा निर्णय गर्न नमिल्ने । तत्काल प्रचलित साहू आसामीको ऐनमा कसैले बेहकमा बिक्री गरेको बदर भई वादीको हकमा रहन जाने र विधवा अंशधनको ऐनमा भने लिखत बदर भई जसको हकमा थियो, उसैको हकमा रहन जाने कानूनी व्यवस्था भएकोमा विधवा अंशधनको ऐन अन्तर्गत लिखत बदर गरिपाउँ भन्ने मात्र फिराद परेको यो मुद्दामा लिखत बदर भएमा वादीको हक भोगमा हालै जग्गा रहन नआउने हुनाले लेनदेन व्यवहार बदर गरिपाउँ भन्ने फिराद सरह गरी वादीको हकमा सो बिक्री भएको जग्गा थामिन्छ भनी पहिले दावी र विवाद नउठाएको कुरामा यस मुद्दामा निर्णय गर्न मिल्दैन । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.549
मुद्दाको विषयराजीनामा बदर
निर्णय वर्ष / मिति2027/04/02
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 549
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्