नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 548 · वि.सं. २०२७
नि.नं. 548 — बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफु (न्यायाधीश) ले जुन आधारमा बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरेको हो, उक्त राय बदल्न पर्ने नयाँ बुँदा तथा कारण उपस्थित नभएमा–उक्त बन्दी–प्रत्यक्षीकरणको निवेदनको तथ्यसंगत पूर्णरुपेण मिल्ने अर्को बन्दी–प्रत्यक्षीकरणको रिट जारी गर्न हुने । यसमा २०२७ साल आषाढ १६ गते म समेतका डिभिजन बेञ्चबाट निर्णय भएको निवेदक नरबहादुर कार्की र विपक्षी बागमती विशेष अदालतका अध्यक्ष दुर्गादास श्रेष्ठ समेत भएको रिट नं.८३१ को केशमा निवेदकलाई सजाय तोक्ने अधिकारीलाई अधिकारको अभाव छ र उक्त अधिकारीले आफ्नो निर्णयमा पुग्दा न्यायिक प्रकृयाको अभाव पनि देखाएका छन भन्ने मैले व्यक्त गरेको रायको आधारमा बन्दी–प्रत्यक्षीकरणको जो आदेश जारी गरियो, त्यसलाई बदल्ने यो केशमा नयाँ बूँदा तथा कारण उपस्थित नभएकोले सो ०२७।३।१६ मा लेखिएको आधार जस्तै प्रस्तुत रिटको निवेदनपत्रमा पनि बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिएको छ । निवेदकहरुलाई कारागारबाट छोडी दिनु । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 548 |
|---|---|
| मुद्दाको विषय | बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2027/03/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वाशुदेव शर्मासंग मेरो सहमत छ । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 548 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
