नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 542 · वि.सं. २०२७

नि.नं. 542 — फट्टा दिलाई पाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साहु आसामीको ४ नं.–शिर व्यहोरामा “उल्लेखित देहायमा लेखिएबमोजिमको रीत पुर्‍याई लिनु दिनु पर्छ सो बमोजिमको रीत पुर्‍याई लिनु दिनु नगरेको सदर हुँदैन“ भन्ने भित्र दफा १।२।३।४ अनुसार रुपैयाँ लिंदा बुझाउँदा पुर्‍याउनु पर्ने रीतको सबै अंगहरु पर्ने । शिर व्यहोरामा देहायमा लेखिए बमोजिमको रीत पुर्‍याई लिनु दिनु गर्नु पर्छ, सो बमोजिमको रीत पुर्‍याई लिनु दिनु नगरेको सदर हुँदैन भन्ने उल्लेख भएको त्यसभित्र देहायका दफा १।२।३।४ मा रुपैयाँ लिंदा बुझाउँदा रीत पुर्‍याउने अंगका जे जति कुरा उल्लेख छन् ती सबै पर्न आउने प्रष्टै छ । (प्रकरण नं. १४) (२) साहु आसामीको ४ नं. र कागज जाँचको २०,२० (ग)–रुपैयाँ बुझेको रसिद भरपाईहरु साहू लेख्न जान्ने भएमा साहूकै हस्ताक्षरले लेखाई लिनु पर्ने समेत साहू आसामीको ४ नं.को बिशेष व्यवस्थाको रीत नपुर्‍याई कागज जाँचको २०,२० (ग) मा उल्लेखित कागजमा सहिछाप गर्दा गराउँदा रीत पुर्‍याउनु पर्ने साधारण व्यवस्था मुताविक कारणीको सहिछाप सम्म गराएको कागजलाई मान्यता दिन नमिल्ने । जहाँसम्म कागज जाँचको २०,२० (ग) नं.हरुको कुरा छ, त्यसमा उल्लेख भएका कुराहरु कागजमा सहिछाप गर्दा गराउँदा रीत पुर्‍याउने बिषयको एउटा साधारण व्यवस्था हो र साहू आसामीको ४ नं.मा रुपैयाँ बुझेको रसिद भरपाईहरु साहू लेख्न जान्ने भएमा साहूकै हस्ताक्षरले लेखाई लिने समेत जुन व्यवस्था छ, त्यो कागज लेखाउने कुराको एउटा छुट्टै बिशेष व्यवस्था हो, उक्त साहू आसामीको ४ नं.मा त्यस किसिमको बिशेष व्यवस्था भइराखेको कुरामा सो अनुसार रीत पुर्‍याइएको छैन भने यस्तो अवस्थामा कागज जाँचको २०,२० (ग) नं.समेत बमोजिम कारणीको सहिछाप सम्म गराइएको हुँदैमा त्यस्तो कागजलाई मान्यता दिन मिल्दैन । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.542
मुद्दाको विषयफट्टा दिलाई पाउँ भन्ने
निर्णय वर्ष / मिति2027/01/29
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रङ्गनाथ
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 542
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्