नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 541 · वि.सं. २०२७
नि.नं. 541 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अंशबण्डाका १० नं.–छोरालाई मानु छुट्याएको देखिएमा–खाने प्रबन्ध समेत मिलाउने हुँदा मानाचामलमा माग दावी गर्ने छैन भनी छोराको कागज गराई इज्जत आमद अनुसार अरु परिबन्दबाट खान लाउन पुर्याएको नदेखिएमा–छोरा माथिको स्नेह पुरा रहेछ भन्ने नदेखिएमा–बाबुले छोरालाई अंश दिनपर्ने । यो मुद्दामा अंशबण्डाका १० नं. ले छोरालाई अंश दिन कर नलाग्ने भन्नेसमेत प्रतिवादी गरे पनि प्रतिवादीले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तीपत्रको व्यहोराबाट र आफ्नो मुमाको बकसको व्यहोरा परेको बिन्तीपत्रमा भएका ख.नि.तोकको व्यहोराबाट माईला र कान्छाछोरालाई मानुछुट्याएको देखिएकोले र आनन्दनिकेतन बिक्री भएपछि ०१५ साल चैत्रमा खाने परिबन्द समेत मिलाउने हुँदा माना चामलमा माग दावी गर्ने छैनौं भनी छोराहरुको कागज गराएको भए पनि अरु परिबन्दबाट इज्जत आमद अनुसार खान लाउन पुर्याएको नदेखिएको र आफू एक्लो छोरा भई आफूमा आउने आफ्ना मुमाको सम्पत्ति आफूले एकलौटी बकस खान निमित्त मानु छुट्याई पाउँ भन्ने छोराहरुको मञ्जुरीको लिखतै नभई वादी मे.क.बल्लभ शम्सेर समेत मानु छुट्टिएको छोराहरुले नपाउने परिबन्द पारी खड्गनिसाना तोकबाट मुमाको सम्पत्ती एकलौटी पाउने भएकोबाट छोराहरु माथिको स्नेह पुरारहेछ भन्ने नदेखिने हुनालेसमेत डिभिजन बेञ्चमा रायबाझी नभएको प्रतिवादीले वादीलाई अंश दिनुपर्ने कुरामा यसतहबाट केही बोली रहनुपरेन । (प्रकरण नं. ११) (२) परिआएको खर्चगर्ने र सम्पत्ती संरक्षण गर्नेसमेत संयुक्तपरिवारको मुख्यमालिकको अभिभारा को कर्तव्य भएकोले निज घरको मालिकले खर्च गरेको कारण आफ्नो एक्लौटी नहुने । संयुक्त परिवारको मुख्य मालिकले परी आएको खर्च गर्नु र आफ्नो सम्पत्तीको संरक्षण गर्न समेत अभिभाराको कर्तव्य भएकैले र त्यस्तो घरका मालिकले खर्च गरेको कारणले आफ्नो एक्लौटी हुन्छ भन्ने जिकिर मुनासिव देखिंदैन । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 541 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2027/02/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रङ्गनाथको राय भएको ०२६।११।२७।३ को डिभिजन बेञ्चको फैसला । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 541 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
