नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 540 · वि.सं. २०२७
नि.नं. 540 — लुटपिट
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लुटपिट मुद्दामा जग्गाको हक बेहक गर्न परेमा वादी र प्रतिवादीलाई बयान गराई जग्गा मुद्दाको वादी हुनेसंग कोर्ट फी लिई जग्गाको हक बेहक र लुटपिट गरे नगरेको ठहर गर्नुपर्ने । लुटपिट मुद्दामा जग्गा हक बेहक गर्नु पर्यो भने वादीको सबूद खुलाई बयान गराई प्रतिवादीलाई प्रतिवादी सरह बयान गराई लुटपिट मुद्दाको वादी जो जग्गा मुद्दामा वादी हुन आएको छ, उसंग कोर्ट फी लिई जग्गा मुद्दाको कुरा समेत पारी प्रतिवादीको जग्गामा हक पुग्छ पुग्दैन लुटपिट गरेको ठर्हछ ठहर्दैन ऐनबमोजिम किनारा गर्नु भनी यो मुद्दा सिन्धुपाल्चोक अदालत पठाई दिनु । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 540 |
|---|---|
| मुद्दाको विषय | लुटपिट |
| निर्णय वर्ष / मिति | 2027/02/32 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 540 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
