नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 539 · वि.सं. २०२७

नि.नं. 539 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जेठी आमालाई बाबुले अगाडि घर जग्गा समेत छुट्याई बाहिर राखेको भन्ने स्वीकार गरी सकेको देखिएमा–प्रकाश नगरी बाहिर राखेकी स्वास्नी भन्ने जिकिर खम्बिर मान्न नमिल्ने । यिनै प्रतिवादी थलबहादुर टंकबहादुरको अंश मुद्दामा टंकबहादुरले दिएको प्रतिवादीमा बाबाले जेठी आमा र म मेरी आमा समेतलाई छुट्याई जेठी आमा पट्टि छोरा नभएकोले केही घर जग्गा दिइराखेको भन्ने र प्रतिवादी थलबहादुरले यो मुद्दाको प्रतिवादीमा जेठी आमालाई ९८ सालमै घर जग्गा समेत छुट्याई बाहिरै राखेको स्वसिद्धै छ भन्नेसमेत उल्लेख गरी राखेको देखियो । यसरी बाबुले जग्गा दिइराखेको समेत भएपछि प्रकाश नगरी राखेको भन्ने प्रश्नै उठ्न नसक्ने हुँदा निवेदक प्रतिवादीको उपरोक्त जिकिर खम्बिर मान्न मिलेन । (प्रकरण नं. १५) (२) साविक मुलुकी ऐन, अंशबण्डाको ३५ नं.–विवाह गर्न नहुने कम जातकी स्वास्नी मानिस भन्ने भनाई नभएमा ल्याईते भन्ने कुराको सबूद गुज्रन पनि नआएमा–अ.बं.३५ नं.बमोजिम अंश पाउने । अब के कति अंश पाउने हो भन्नेतर्फ वादीकी आमा विवाह गर्न नहुने कम जातकी भन्ने प्रतिवादीको भनाई नभएको र ल्याईता भन्ने कुराको सबूद गुज्रन पनि नआएकाले साविक मुलुकी ऐन, अंशबण्डाको ३५ नं.बमोजिम आफू मिल्दाको भाइ प्रतिवादी थलबहादुरले पाउने सरह अंशमा वादीले आधा भाग पाउने देखिन्छ । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.539
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2027/02/23
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 539
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्