नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 536 · वि.सं. २०२७

नि.नं. 536 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कस्तोमा करणी गरेकै प्रमाणित हुने ?–करणी भएको भनेको समयमा करणीको अभियुक्तले आफु अन्यत्र रहेको प्रमाणीत गर्न नसकेमा–निजलाई झुठ्ठा करणी गरेको दोष लगाउनु पर्ने कारणको अभाव भएमा–करणी गरेको साविती कागज प्रहरीले लेखाउँदा मौकैमा बिरोध नदर्शाइ सहीछाप गरेमा र जबरजस्ती सावित गराएको भन्ने निजको भनाई नभएमा–आफुले करणी गरेको अदालतमा इन्कार गरे तापनि निजले करणी गरेकै प्रमाणित हुने । प्रतिवादी जिमिदार कुर्मीले पहिले प्रहरीमा ठाडो कागज गर्दा खुशी राजीबाट करणी गरेको हुँ भनी करणी गरेको कुरा स्वीकारै गरेको र पछि अदालतमा बयान गर्दा मैले करणी गरेकै होइन भनी इन्कार गरेको समेत रहेछ । म कहिले पनि भैंसी चराउन जाँदैनथें । वारदात भएको भनेको २०२१ साल भाद्र ६ गते बिहान अं.१० बजे मेरो घरदेखि अं.१ मिल टाढा कलंहश भन्ने गाउँमा मुन्सि खाँको घरमा उनीको भाइ भाइमा झगडा भएकोले मिलाई दिन पञ्चायत गर्न गएको थिएँ भन्ने निज प्रतिवादीले अदालतको बयानमा जिकिर लिएकोमा मुन्सी खाँले बयान गर्दा सो दिन जिमिदार कुर्मी कहाँ थियो मलाई थाहा छैन । मसंग भेटघाट भएन भनेको र निज प्रतिवादीकै साक्षी कलहंश गाउँको अम्बास खाँ, महबुर खाँ, बदलु खाँ महवुर खाँ रजनवा गाउँको मुसैली भन्ने गयाप्रसाद कुर्मी सोनवर्सा गाउँको छोटेलाल लुहार समेतले सो भाद्र ३ गते जिमिदार कुर्मी कहाँ थियो थाहा छैन भन्ने बकेको समेत हुँदा कलहंश गाउँ मन्सी खाँको घरमा गएको भन्ने प्रतिवादी जिमिदार कुर्मीको उपरोक्त जिकिर प्रमाणीत हुन आएन । ०२१।५।८ गते सोनवा गडरीनलाई जाँच गराउँदा निजको कुमारी छेदरेपचर भएको भन्नेसमेत लेडी डाक्टरले र गुप्ताङ्गमा केही कडा चिज पसाएको हो तर करणीबाट हो अथवा अरु कुनै कारणबाट हो किटानसाथ लेख्न सम्भव छैन भन्ने डाक्टरहरुको बोर्डले लेखी दिएको पाइन्छ । करणी बाहेक अन्य केही कडा चिज पसाएको हो कि भन्नलाई त्यसकुराको परिबन्द पुग्ने सबूद आएको छैन । केही कडा चिज पसाई आफ्नो नारी जीवनमा कलंक लाग्ने गरी सोनवाले प्रतिवादीउपर झुठ्ठा करणी दोष लगाउनु पर्नेसम्मको विश्वासलायक कारण पनि मिसिलमा केही पाईदैन । जहाँसम्म प्रहरीमा गरेको कागजको प्रश्न छ, त्यसको हकमा आफु इन्कार रहेको व्यक्तिको प्रहरीले साविती कागज लेखाएको भए मौकैमा सहिछाप नगरी बिरोध गर्नुपर्नेमा पहिले कागज नसुनाई सहीछाप गरी सकेपछि सुनाएकोले आफ्नो भएको व्यहोरा अदालतमा बयान गर्दा भनौंला भन्ने विचारले पछि बिरोध गरिंन भन्ने प्रतिवादीले अदालतमा गरेको बयानमा लेखाएको छ । प्रहरीले कुनै जबरजस्ती गरेको भन्ने भनाई नभएकाले पहिला कागजै नसुनी त्यस किसिमले सहीछाप गरेको भन्नेसमेत कुरा प्रतितको देखिंदैन । निज प्रतिवादी जिमिदार कुर्मीले थुनाबाट छुटकारा गरिपाउँ भनी ०२१।५।२९ गते जेल अफीस मार्फत दिएको निवेदनपत्रमा प्रहरीमा भएको कागजउपर कुनै बिरोध देखाउन पनि नसकेको समेत हुँदा प्र.जिमिदार कुर्मीले सोनवा गडरीनको करणी गरेकै प्रमाणित हुन्छ । (प्रकरण नं. १५) (२) करणी गरेको छिपाउन नसक्ने अवस्था परी पछि जबरजस्ती करणी गरेको भनेकी भए तापनि–करणी गर्दा करणी गराएर बस्ने स्वास्नी मानिसले हल्ला नगरी करणी गर्नेले भने जस्तै कसैलाई पनि सो कुरा प्रकट नगर्नाका साथै निज स्वास्नी मानिसको अन्य अङ्गमा घाखत नभएमा–जबरजस्ती करणी भए गरेको नदेखिने । निजको मञ्जुरी बेगर जबरजस्ती करणी गरेको भए आफूउपर त्यस्तो जघन्य अपराध भई आफ्नो सतित्व नष्ट गराइएकी स्वास्नी मानिस गुप्ताङ्गको शारिरीक पीडा समेतबाट हतासमा परी रुनु कराउनु गर्दै तत्काल घर फर्कनु र बीचमा भेट भएका गोठालाहरुसंग पनि त्यो कुरा जरुर प्रकट गरेकी हुनुपर्ने थियो । तर निज सोनावाकै बयान अनुसार जिमिदार कुर्मीले कसैलाई नभन्नु भनेको कुरामै मानी बीचमा भेट भएका भैंसी चराउने अरु गोठाला कसैलाई त्यो कुरा नभनी दिनभर धैर्यसाथ भैंसी चराई साँझ मात्र भैंसी लिई घर फर्केकी भन्ने देखिएको र जबरजस्ती करणी गर्दा दगलफसल भई अन्य अंगमा पनि कुनै घा खत भए परेको हुनुपर्ने, नभएकाले जबरजस्ती करणी भए गरेको भन्न मिल्ने अवस्था देखिंदैन । साँझ घर फर्केपछि कपडामा रगत लागेको देखी आमाले सोधपुछ गर्दा करणी भएको कुरा छिपाउन नसक्ने अवस्था परी आफू निर्दोष बन्न निज सोनवाले मलाई जिमिदार कुर्मीले जबरजस्ती करणी गर्‍यो भन्नु स्वभाविक हुन सक्छ । वास्तवमा जबरजस्ती करणी भए गरेको प्रमाण पुग्न नआएकोले खुसी राजीबाट करणी भए गरेको पुष्टी हुन्छ । (प्रकरण नं. १६) (३) कस्तोमा १४ वर्ष मुनिको भन्न नहुने ?–डाक्टरले गरेको उमेरको अनुमान र दरखास्त बयानमा लेखिएको उमेर फरक भएमा–प्रहरी प्रतिवेदनमा १४ वर्ष मुनिको नलेखिनाका साथै यति उमेर पुगेको भन्ने सबूदको अभावमा डाक्टरहरुको बोर्डले उमेर जाँच गर्न पछि आदेश हुँदा उमेर जाँच गर्नुपर्ने व्यक्ति म्यादमा हाजिर नभई उमेर जाँच गर्न नसकेमा निज १४ वर्ष मुनिकी भन्न नमिल्ने । सोनवाले आफ्नो ०२१।५।७।७ को दरखास्तमा ९ वर्ष ०२३।५।१२ को बयानमा ११ वर्षको लेखाएकी र डाक्टरद्वारा उमेर जाँच गराउँदा चौध पन्ध्र वर्षकी हुन सक्छ भने पी. वीर अस्पताल नेपालगञ्जको ०२३।५।१२ को पत्रमा लेखिएको समेत रहेछ । जबरजस्ती करणीको १ नं.मा चौध वर्ष मुनिकीलाई उसको मञ्जुरी लिई वा नलिई जुनसुकै व्यहोरा संग करणी गरे पनि जबरजस्ती करणी ठर्हछ भन्ने उल्लेख भएकोले करणी गर्दा निज सोनवाको उमेर १४ वर्ष मुनी माथिको के रहेछ भन्ने कुरा हेर्नु पर्ने हुन आयो । ०२३ सालमा डाक्टरले जाँच गर्दा १४, १५ वर्षकी भनी लेखिदिएको हिसाबबाटै पनि २०२१ सालमा १२, १३ वर्षकी हुने हुनाले निज सोनवाले उक्त दरखास्तमा ९ वर्ष बयानमा ११ वर्ष लेखाएकी झुठ्ठा सिद्ध भएकैछ । पि.वीर अस्पताल नेपालगञ्जको डाक्टरले ०१३ सालमा जाँच गर्दा १४, १५ बर्षकी भनी लेखी दिएको किटानी नभई अनुमानिकसम्म हो । उमेरको यकिन गरी १४ वर्ष मुनिकी भनी प्रहरी प्रतिवेदनमा उल्लेख गर्न सकेको छैन र यति वर्ष उमेर पुगेकी भन्ने भरपर्दो सबूद कुनै आउन सकेको पनि पाइदैन । ०२६।४।२८।३ को फुल बेञ्चबाट निज सोनवालाई म्याद दिई झिकाई निजको उमेर हाल कति वर्षको देखिन्छ, डाक्टरहरुको बोर्ड गठन गरी वीर अस्पतालबाट जाँच गराउने भन्ने आदेश भए बमोजिम निज सोनवाको नाउँमा म्याद जारी भएकोमा निज सोनवा म्यादमा हाजिरै हुन नआएकीले डाक्टरहरुको बोर्डबाट पुनःउमेर जाँचगराउने काम हुन नसकेकोसमेत हुँदा यस्तो सन्दिग्ध अवस्थामा निज सोनवा १४ वर्ष मुनिकी हो भन्न मिल्ने देखिंदैन । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.536
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2026/12/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराजको र शंकाको भरले अपराध कायम गर्न मनासिव नपर्ने हुँदा करणी गरेको नठहर्ने भन्ने माननीय न्यायाधीश श्री लोकराजको राय भई मुख्य करणी गरेको हो होईन भन्ने कुरामा ०२५।१२।२७।४ को डिभिजन बेञ्चमा माननीय न्यायाधीशहरुको मतैक्य हुन नसकेबाट निर्णयको लागि यसबेञ्चमा पेश हुन आएको रहेछ । उक्त डिभिजन बेञ्चका माननीय न्यायाधीशहरुको राय नमिलेको बिषय समेतलाई ध्यानमा राखी हेर्दा मुख्यतया निम्न प्रश्नहरुउपर यसबेञ्चबाट निर्णय दिनु पर्ने भएको छ । | माननीय न्यायाधीश श्री हेरम्बराजको रायमा व्यक्त गरिएको मिलेको देखिएन । तसर्थ उपरोक्त उल्लेख भए बमोजिम कारणहरुबाट प्रतिवादी जिमिदार कुर्मीले सोनवा गडरिनको खुशीराजीले करणी भए गरेको देखिएकोले अभियुक्तलाई सजाय लाग्न नसक्ने ठहराएकोसम्म २०२५।१२।२७।४ को डिभिजन बेञ्चमा माननीय न्यायाधीश श्री हेरम्बराजले व्यक्त गर्नुभएको राय मनासिव छ । वारदात नठहराएको सम्म भेरी अञ्चल अदालतको इन्साफ मिलेको देखिएन । नियमबमोजिम मिसिल बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 536
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्