नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 535 · वि.सं. २०२७

नि.नं. 535 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नेपाल महिला सङ्गठनको विधानको दफा १२ (घ)–प्रत्येक तहको सभापतिहरुलाई प्राप्त सम्बन्धित तह वा तल्लो तहको सदस्यलाई निलम्बन गर्ने अधिकारको प्रयोग सभापति माथि भएमा–कानूनी नहुने । नेपाल महिला सङ्गठन ऐन, २०२५ को दफा २९ ले विधान बनाउन पाउने र ऐ विधानको दफा १२ (घ) मा सभापतिको कर्तव्य र अधिकार लेखिएकोमा आचारणहीन काम गरेमा निलम्बन गर्ने अधिकार रहेको, त्यस्तो अधिकार सभापतिले सम्बन्धित तह वा तल्लो तहको कुनै सदस्य माथि प्रयोग गर्न सकिने देखिन्छ । परिषदको कर्तव्य र अधिकार तथा कार्यसमितिको कर्तव्य र अधिकार भिन्ना भिन्नै दफामा लेखेको छ, उक्त ऐनको १० (३) मा अञ्चल अधिवेशनका सदस्यहरुले सभापति र अञ्चल परिषदका सदस्यहरुले निर्वाचन गरी पठाएको सदस्यहरु समेत भएको के. कार्यसमिति गठन हुने हुनाले सभापति र सदस्यहरु बन्नलाई बेग्ला बग्लै मार्ग देखियो । यसमा निवेदिका सभापति भएकोले सदस्य सरह कारवाई गरिंदैन । त्यसकारणले सदस्यलाई निलम्बन गर्ने अधिकार सभापति माथि प्रयोग गरेको कानूनी भएन । (प्रकरण नं. ६) (२) सभापतिले प्रयोग गर्नुपर्ने अधिकार निजको अध्यक्षतामा बसेको कार्यकारणी समुचैले निर्णय गरी प्रयोग गरेमा–कानूनी नहुने । त्यसको साथ साथै अविश्वासको प्रस्ताव ल्याउने बारेमा ऐनको दफा २१ मा पनि कार्यसमितिको पदाधिकारी वा सदस्यउपर अविश्वासको प्रस्ताव आउने हुनाले सभापतिको हैसियतले गर्नुपर्ने कार्यमा कार्यसमितिलाई सहकारी बनाउन हुँदैन । कार्यसमितिमा आएको प्रस्तावमा सभापतित्व गर्नेले मत दिन पाउने छैन । तर, मत बराबर भएमा निर्णयात्मक मत दिन सक्ने र उपस्थित सदस्यले पनि मत दिने हुनाले कानूनमा सभापतिले मात्रै गर्न पाउने निर्णय र कार्यसमितिले गर्न पाउने निर्णयको बेग्ला बेग्लै व्यवस्था छ । कुनै कार्यसमितिको बैठकमा सभापति वा निजको अनुपस्थितिमा उपसभापतिको आशनग्रहण गर्दैमा त्यस्तो निर्णय सभापति वा उपसभापति एकजनाको निर्णय हुँदैन । त्यस्तो निर्णय समुचा कार्यसमितिको निर्णय हुन्छ । कानूनले नै सभापतिले प्रयोग गर्न पाउने अधिकार निजको अध्यक्षतामा बसेको कार्यकारणीको बैठकले निर्णय गर्दैमा यस्तो एक व्यक्तिको सट्टामा समष्टिरुपमा कार्यकारणीले प्रयोग गरेको अधिकार कानूनत हुन्छ भन्न मिल्दैन । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.535
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2027/03/29
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 535
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्