नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 534 · वि.सं. २०२७
नि.नं. 534 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) साविक मुलुकी ऐन, अंशबण्डाको ६ नं.–तागाधारीले विवाह गर्न हुने जातका कन्या ल्याएमा–२० को १९ खण्ड अंश पाउने व्यवस्था । साविक मुलुकी ऐन अंशबण्डाको ६ नं.मा विवाह गर्न हुने र विवाह गर्न नहुने २ किसिम राखी तागाधारी जातले विवाह गर्न हुनेमा आफु मिल्दाका कन्या ल्याएकोमा र आफू बराबर नमिल्दाका कन्या ल्याएकोमा सम्म २० को १९ पाउने व्यवस्था भएको पाइन्छ । (प्रकरण नं. १३) (२) साविक मुलुकी ऐन, विहावारीको २ नं.–तागाधारी जातले विवाह गर्न नहुनेमा चालिस रुपैयाँसम्म विवाह खर्च पाउने, जातको कन्या (जस्तोः गुरुङ जातको) कन्या ल्याएमा ६ को १ खण्ड र चालिस रु. देखि घटी विवाह खर्च पाउने, पानी चल्ने जातको कन्या ल्याएमा ७ को १ खण्ड अंश पाउने । साविक मुलुकी ऐन, विहावारीको २ नं. मा विवाह गर्दा तागाधारीले आफू बराबर अथवा आफू भन्दा कम तागाधारी सम्ममा विवाह गर्न हुन्छ भन्ने उल्लेख भएको, तागाधारीले विवाह गर्न हुने भित्र गुरुङ जात पर्न नआउने समेत हुनाले गुरुङसेनी पट्टिको छोरा निवेदक प्रतिवादीले २० को १९ पाउन सक्ने देखिंदैन । विवाह गर्न नहुनेमा चालिस रुपैयासम्म विवाह खर्च पाउने जातको कन्या ल्याएकोमा ६ को १ र चालिस रुपैयादेखि घटि विवाह खर्च पाउने पानी चल्ने जातका कन्या ल्याएकोमा ७ को १ पाउने उक्त ऐनले व्यवस्था गरेको, गुरुङ जात चालिस रुपैयासम्म विवाहखर्च पाउने भित्रपर्न आउनेसमेत हुँदा उक्त ऐन अनुसार निवेदक प्रतिवादीले ६ खण्डको १ खण्ड नै अंश पाउने देखिन्छ । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 534 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2027/02/23 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 534 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
