नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 533 · वि.सं. २०२७

नि.नं. 533 — भैंसी चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सबूद प्रमाणको अभावमा पोलिएको भरमा मात्र कसैलाई कसूरदार ठहराउन नमिल्ने । यस्तो अवस्थामा सबूद प्रमाणको बिलकुलै अभावमा प्रहरीमा भएको कागजमा सम्म पोलावट गरेको भरले मात्र कसुर ठहराउन मिल्दैन । (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.533
मुद्दाको विषयभैंसी चोरी
निर्णय वर्ष / मिति2027/02/02
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री नयनबहादुर खत्रीको राय | माननीय न्यायाधीश श्री नयनबहादुर ज्यूले प्र.भक्तीनारायणले चोरीको भैंसी किनेको नठहराई सफाई दिनुभएको राय फैसलासंग मेरा सहमत नहुँदा डिभिजन बेञ्चको लगत काटी सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री कालीप्रसाद उपाध्यायको राय भएको ०२३।३।२२।४ को फैसला । | माननीय न्यायाधीश श्री नयनबहादुरको र ठर्हछ भन्ने माननीय न्यायाधीश श्री कालीप्रसादको राय भई ०२३।३।२२।४ को डिभिजन बेञ्चका माननीय न्यायाधीशहरुको मतैक्य हुन नसकेबाट निर्णयार्थ २०२३।५।१०।६ को फुल बेञ्चमा पेश भएकोमा अतिरिक्त विशेष अदालतबाट ०२०।७।२२।६ मा फैसला हुँदा किनारा गर्न बाँकी राखेको बिगोको हकमा जो जे बुझ्नु पर्ने बुझी किनारा गरी पुनरावेदन परे पुनरावेदन साथ नपरे पुनरावेदक कालु महर्जनको हकमा किनारा गर्न मिसिल पठाई दिनु भनी बागमती अञ्चल अदालतमा पठाई दिने भन्नेसमेत ०२३।५।१०।६ मा आदेश भई मिसिल बागमती अञ्चल अदालतमा गएको र सो अदालतबाट बिगोतर्फ भक्तिनारायणको कसूर नठहरेकोले निज बाहेक अरु प्रतिवादीबाट भराई दिने गरी ०२५।५।४।२ मा फैसला गरेउपर चित्त बुझेन भन्ने वादी हिरालाल श्रेष्ठ समेतको पुनरावेदन परी आएको समेत रहेछ । बागमती अञ्चल अदालतको ०२५।५।४।२ को फैसलाउपर पछि परेको वादी हिरालाल समेतको पुनरावेदनको हकमा साधारणतः अञ्चल अदालतउपरको पुनरावेदन डिभिजन बेञ्चले हेरी निर्णय गर्ने कानूनी व्यवस्था भए पनि उक्त पुनरावेदन जिकिरको बिगोतर्फ भक्तिनारायणको कसुर ठहरेमा निजबाट र निज कसुरदार नठहरेमा अरु अभियुक्तबाट भराई दिनुपर्ने समेत भई ०२३।३।२२।४ को डिभिजन बेञ्चको रायबाझी भई फुल बेञ्चको विचाराधीनमा आइराखेको भक्तिनारायणले कसुर गरेको हो होइन भन्ने कुरासंग पूर्णरुपले आश्रित एकैसाथ निर्णय हुनुपर्ने सम्बन्धित बिषय देखिएकोले यस्तोमा डिभिजन बेञ्चबाटै निर्णय हुनुपर्ने भन्न नमिल्ने समेत हुँदा प्रतिवादी भक्तिनारायणले चोरीको भैंसी लिएको हो होइन वादीहरुले बिगो कसबाट भरी पाउने हो सो कुराहरुको यसबेञ्चबाट निर्णय दिनुपर्ने भएको छ । | माननीय न्यायाधीश श्री नयनबहादुरले व्यक्त गर्नुभएको रायसंग यो बेञ्च सहमत हुन्छ । बिगोतर्फ निज भक्तिनारायणको कसूर नठहरेकाले अरु कसूर ठहरेका अभियुक्तहरुबाट भराई दिने गरी बागमती अञ्चल अदालतले ०२५।५।४।२ मा छिनेको इन्साफ मनासिव समेत ठर्हछ । अरु तपसील बमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 533
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्