नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 532 · वि.सं. २०२७
नि.नं. 532 — चाँदी निकासी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विदेशमा निकासा गर्न मनाही भएको मालसामान (जस्तोः विदेशी चाँदी सिक्का) विदेशमा निकासा गर्ने उद्देश्यले लिई गएको भन्ने सबूद प्रमाणको अभावमा–उक्त माल लुकाई लगेको भन्ने आधारमा सिमाना भन्दा टाढा स्वदेश (नेपाल) भित्रै पक्राउ गरेमा–उक्त मालसामान विदेश निकासी गर्न लागेको कसूर गरेको भन्न नमिल्ने । निजहरुले भारत निकासी गर्ने उद्देश्यले नै लिइगएको भन्न मिल्ने भरपर्दो सबूद वादी पक्षबाट कुनै आउन नसकेको र कम्मरमा बाँधी कसैले नदेख्ने गरी लुकाई लगेको भन्ने तर्कको हकमा त्यस्तो नगदी जस्तो चीज सुरक्षाको लागि कसैले नदेख्ने गरी कम्मरमा बाँधी छिपाई लग्नु स्वभाविकै हुनाले सबूद प्रमाणको अभावमा शंकासम्मको भरमा भारत निकासी गर्ने उद्देश्यले नै लिई गएको भन्न मिल्ने देखिंदैन । प्रतिवादीहरुले अबाटोबाट लुकी छली हाम्रो देशको भंसार समेत नाँघी बाहीर लगी सकेको समेत नभई बुटवल खस्यौलीमै प्रहरीले पक्राउ भए गरेको भन्ने देखिएको र बुटवल खस्यौलीबाट भैरहवा त्यसपछि भंसार अनि मात्र नेपाल भारतको सिमाना बोर्डर आउने समेत भई प्रतिवादीहरुलाई पक्राउ गरेको ठाउँ बुटवल खस्यौलीबाट बोर्डर टाढा पर्ने समेत हुनाले यस्तो अवस्थामा प्रतिवादीहरुले भारत निकासी गर्न लागेको कसूर ठहराउन नमिल्ने प्रष्टै छ । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 532 |
|---|---|
| मुद्दाको विषय | चाँदी निकासी |
| निर्णय वर्ष / मिति | 2027/01/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 532 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
