नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 531 · वि.सं. २०२७

नि.नं. 531 — चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मधेश गोश्वारा ऐन, २०१२ को दफा २–२ खण्ड (ख) ६–साहुमहाजनको भारी चोरीमा पक्राउ गरी बजार अड्डाले बुझाउन नल्याएको निजी सम्पत्ति चोरी मुद्दा प्रमुख जिल्ला अधिकारीले छिन्न नहुने । मधेश गोश्वरा ऐनको दफा २–२ खण्ड (क) ६ बमोजिम भंसार अड्डाले बुझाउन पठाएको पनि नदेखिएको । जाहेरवाला मिनबहादुरको निजी सम्पत्ति चोरी भएकोमा सरकारी मुद्दा सम्बन्धी ऐनबमोजिम सम्बन्धित जिल्ला अदालतबाट निरोपण हुनुपर्नेमा भंसार एरिया भित्र चोरी भएको देखिंदा यो मुद्दा यस अदालतबाट हेर्न साधारण अन्य चोरी नभइ साहूमहाजनको भारी चोरी हुँदा फिर्ता पठाएको छु भनी कन्चनपुर जिल्ला अदालतले श्री ५ को सरकार महाकाली अञ्चलाधीश कार्यालयमा फिर्ता पठाएकोमा उक्त कार्यालयबाट श्री प्रमुख जिल्ला अधिकारीले जि.पं.कार्यालय कन्चनपुर महेन्द्रनगरमा पठाई प्रमुख जिल्ला अधिकारीले ०२५।३।३१।१ मा छिनेको कानूनअनुरुप भन्न नमिल्ने हुनाले उक्त कारवाई निर्णय बदर गरी दिएको छ । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.531
मुद्दाको विषयचोरी
निर्णय वर्ष / मिति2027/01/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री नयनबहादुर खत्री | माननीय न्यायाधीश श्री प्रकाशबहादुर
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 531
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्