नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 529 · वि.सं. २०२७
नि.नं. 529 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निजामती सेवा नियमावलीको परिच्छेद १० को दफा १ को उपदफा (५)–विभागीय प्रमुखले अधिकार प्रत्यायोजन गरेको आधारमा अड्डा प्रमुखमा नतोकिएको व्यक्तिद्वारा सरकारी नोकरीबाट हटाउन नहुने । अतः माथि उल्लेखित कारणबाट विपक्षी विभागीय प्रमुख नभई निजलाई अनुसूची (१) (ख) मा अड्डा प्रमुखमा तोकेको नदेखिएकोमा विभागीय प्रमुख भूमि विभागले अधिकार प्रत्यायोजन गरेको भरमा निवेदकलाई नि.से.नि.परिच्छेद १० को दफा १ को उपदफा (५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने ०२६।४।१९ गतेको निर्णय अनाधिकार नै देखिंदा उक्त निर्णय बदर गर्नुपर्ने देखिन्छ । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 529 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2026/12/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 529 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
