नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 528 · वि.सं. २०२७
नि.नं. 528 — जग्गा दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पारपाचुके भएको प्रष्टरुपमा लिखतमा खुलाउन नसक्नाको साथै माइत घर गई बसेकी सगोलमै छन भन्ने “पहिले लेखेको देखिएमा पारपाचुके भएको” भन्ने भनाई जिकिर समर्थित हुन नआउने । सर्वजित लालसिरीको पारपाचुके भएकै भए त्यो कुरा प्रष्टरुपले खुलाएको हुनुपर्ने राजीनामा लिखतमा दाजु सर्वजीतको स्वास्नी छोरा समेत कोही नभई अपुतालीबाट हक भएको भन्नेसम्म उल्लेख गरेको र राजीनामा गरी दिने दाता नैनसिंहले यो मुद्दामा प्रतिवादी नै नदिइ म्याद गुजारी बसेको, पहिले सर्भेमा परेको मुद्दामा कागज गर्दा सर्वजित लालसिरीको पारपाचुके भएको थियो भन्न नसकी हामी भाइ भाइ छुट्टिभिन्न भएका थिएनौ, दाजु सर्वजित परलोक भएपछि ऋण कर्जा लागी व्यवहार मिलाउँदा केही जग्गा सुक्री बिक्री गरेको हुँ । भाउजू माईत घरमा गई बसेकी थिइन सगोलमै छन भन्ने लेखी दिएको समेतबाट सर्वजीत लालसिरीको पारपाचुके भएको भन्ने प्रतिवादी खडुको भनाई जिकिर समर्थित हुन आउँदैन । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 528 |
|---|---|
| मुद्दाको विषय | जग्गा दर्ता |
| निर्णय वर्ष / मिति | 2026/09/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 528 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
