नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 527 · वि.सं. २०२७
नि.नं. 527 — बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ४७ (१) को प्रतिबन्धात्मक वाक्यांश–बन्दीकोतर्फबाट अरुले दिएको निवेदनपत्रमा निज बन्दीको नामबाट दिन परिस्थिति नपरेको भन्ने उल्लेख भई कारवाई चलिसकेको परिस्थिति नपरेकोले अरुबाट निवेदन दिन लगाएको भनी अनुरोध गरेमा–उक्त निवेदनपत्र खारेज गर्न नमिल्ने । उक्त नियम ४७ (१) को प्रतिबन्धात्मक वाक्यांशमा अरुले निवेदनपत्र दिंदा त्यस्तो निवेदनपत्रमा बन्दीले सहीछाप गर्न नसक्नाको कारण पनि उल्लेख हुनु पर्छ भन्ने व्यवस्था छ । सो अनुसार बाबुको नामबाट प्रस्तुत निवेदनपत्र दर्ता गर्दा बन्दीको नामबाट दिन परिस्थिति नपरेको भन्ने निवेदनमा परेकैले उक्त नियमको मनसाय पुरा भएको मानी कारवाई चलिसकेको र भोलाकुमार शेरचनलाई उपस्थित गराउने ०२६।२।७।३ को फुल बेञ्चबाट आदेश भई उपस्थित गराइएको निज भोलाकुमार शेरचन भन्नेलाई यसबेञ्चबाट सोधनी गर्दा म जेलमा बन्दी भैरहेको म आफैंले सहीछाप गरी निवेदनपत्र दिन परिस्थिति नपरेकोले मेरो बाबुबाट निवेदन दिन लगाएको हुँ भनि बेञ्च समक्ष अनुरोध गरेको समेत यस स्थितिमा बन्दीले सहीछाप गर्न नसक्नाको कारण नखुलेको बेरीत भनी प्रस्तुत निवेदनपत्र खारेज गरी दिन मनासिव देखिएन । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 527 |
|---|---|
| मुद्दाको विषय | बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2026/04/10 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वाशुदेव शर्मासंग यो निवेदनमा उक्त आदेश दिन राय नमिलेकोले स.अ नियमावली ३३ (क) बमोजिम निर्णय निमित्त फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री नयनबहादुरको आदेश | माननीय न्यायाधीश श्री वाशुदेव शर्माको आदेश । | माननीय न्यायाधीश श्री नयनबहादुरले व्यक्त गर्नुभएको राय मुनासिव छ | माननीय न्यायाधीश श्री वाशुदेव शर्माको राय | माननीय न्यायाधीश श्री वाशुदेवसंग मेरो राय सहमत नुहँदा निर्णयार्थ स.अ. नियमावली नियम ३३ (क) अनुसार प्रस्तुत केश फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश नयनबहादुरको राय भएको २०२५।११।१५।४ को डिभिजन बेञ्चको फैसला । | माननीय न्यायाधीश श्री वाशुदेव शर्मले राय व्यक्त गर्नुभएको रहेछ । अरुका माध्यमबाट दिइने निवेदनपत्रमा बन्दीले सहीछाप गर्न नसक्नाको कारण खुलाउनै पर्ने उक्त नियम ४७ (१) को प्रतिबन्धात्मक वाक्यांशले बाध्यता गरेको छ | माननीय न्यायाधीश श्री नयनबहादुर खत्रीले व्यक्त गर्नुभएको राय मनासिव छ । यो आदेशको प्रतिलिपी लगत रहेको विपक्षी चितवन जिल्ला अदालतमा पठाउन श्री महान्यायाधीवक्ताको कार्यालयमा पठाई नियमबमोजिम मिसिल बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 527 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
