नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 523 · वि.सं. २०२६

नि.नं. 523 — सम्बन्ध बिच्छेद

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) न्याय प्रशासन विविध व्यवस्था (संशोधन) ऐन, २०२१ को दफा ८–सम्बन्ध बिच्छेद मुद्दा हदमुनिकै भई सर्वोच्च अदालतमा पुनरावेदन नलाग्ने । न्याय प्रशासन विविध व्यवस्था (संशोधन) ऐन, २०२१ को दफा ८ मा यो यो मुद्दामा अञ्चल अदालतले गरेको निर्णयउपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्छ भनी प्रष्ट उल्लेख गरेको देखिएको सो कक्षा भित्र सम्बन्ध बिच्छेद मुद्दा परेको नदेखिएको । “झगडा परेको वा दावा गरेको बिषयको मोल बिगो पाँचहजार रुपैंया भन्दा बढी भएको मुद्दा मामिला वा मोल बिगो नखुलेको सामूहिक कुलो पानी सामुहिक सन्धीसर्पन गौचर तायदाती नआएको अंश मुद्दा” भन्ने परेको देखिएबाट सम्बन्ध बिच्छेद मुद्दा हदमुनिकै तुल्याउने ऐनको प्रष्ट मनसाय झल्की रहेको देखिएकाले प्रस्तुत मुद्दामा पुनरावेदन लाग्छ वा त्यस्को हक निवेदकलाई प्राप्त छ भन्न नमिल्ने हुनाले पुनरावेदन खारेज गर्ने गरी ०२५।७।१९।२ मा मा.न्या.धनेन्द्रबहादुर सिंह र मा.न्या. श्री बब्बरप्रसाद सिंहका डिभिजन बेञ्चबाट निर्णय भएको मुनासिव छ । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.523
मुद्दाको विषयसम्बन्ध बिच्छेद
निर्णय वर्ष / मिति2025/10/22
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 523
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्