नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 522 · वि.सं. २०२६

नि.नं. 522 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पोष्टमार्टम गर्ने डाक्टरले लासबाट नदेखिएको अनुमान गरिदिएको राय अन्य सबूद प्रमाणले अन्यथा देखिन आएमा–सवै तथ्यहरूको विचार गरी मात्र यथार्थ न्याय गर्नुपर्ने न्यायकर्ताको कर्तव्य हुने । पोष्मार्टम गर्ने डाक्टरले मृतकका लासको बाहिरी भित्री अङ्ग प्रत्येङ्गमा जो जस्तो रहे भएको देखिन आउँछ सो सवै तोकिएका ढाँचा फाराममा स्पष्ट उल्लेख गरी त्यसबाट देखिएको आफ्नो राय प्रकट गर्नुपर्ने हो, लासबाट नदेखिएको कुरा जो आफूले अनुमान गरी राय दिएको छ, त्यसमा अन्य सबूद प्रमाणबाट अन्यथा देखिन आउँछ भने न्यायकर्ताले सवै तथ्यहरूको विचार गरी मुद्दामा पुरा तवरले यथार्थ न्याय गर्नु कर्तव्य हुन आउँछ । मेरुदण्ड तथा निधारको चोटबाट रमेशर सिं मुर्छा भएको बखत पानीमा फाली दिएको भन्ने डाक्टरको राय लेखाई जो छ सो कुरा अरु सबूद प्रमाणबाट नदेखिएकोले अनुमानकै राय लेख मान्नु पर्छ । (प्रकरण नं. ३८) (२) बेहोस अवस्थामा पानी निल्न नसकी पेट आन्द्रामा पानी प्रबेश नभई श्वासको नलीमा पानी प्रवेश भई मृत्यु भएको भन्ने डाक्टरको लेखाई भएमा–स्वासको नलीमा पानी प्रबेश भई मृत्यु भएको भन्ने देखिन आउने । डाक्टरको भनाईमा बेहोस अवस्थामा पानी निल्न नसकेकोले पेट आन्द्रामा पानी प्रवेश नभएको बेहोस अवस्थामा श्वास लिन सक्ने हुँदा श्वासको नलीमा पानी प्रवेश भई मृत्यु भएको हो भन्ने लेखिएको भएपछि रक्सी खाई चुर भएका बखत अत्यासमा भागी आउँदा अकस्मात मानिस डुवाउ गहिरो पानीमा घोप्टो पर्न जाँदा बेहोस भई पानी निल्न नसकी श्वासको नलीमा पानी प्रवेश भई मृत्यु भएको रहेछ भनी भन्नु पर्ने देखिन आउँछ । (प्रकरण नं. ४०) (३) कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने बयानको पुष्टि गर्न प्रमाण दिन नसकेमा–अभियुक्तको बयानबाट कर्तव्य गरी मारेको नदेखिएमा–अभियुक्त खराव आचरणको भन्ने नलेखेमा–मौका समयबाट कर्तव्य गरी मार्न नभ्याउने भएमा–वारदात भएको अनुमान गर्न नमिल्ने भएमा–अभियुक्तले कर्तव्य गरी मारी डाँका गरेको नठहरिने । मर्नेको बाबु सुन्दर सिंले शंका देखाई बयान गरे पनि त्यस कुराको पुष्ट्याई प्रमाण दिन सकेको देखिँदैन । ओमप्रकाश र इस्लाम खां छोराको साथमा घरमा आउने जाने गर्ने भनेको निजहरू उपर कुनै रिसइवी नदेखाएको, इस्लाम खां ओमप्रकाश र कृष्णलाल गोरखपुर कलेजमा पढ्ने विद्यार्थी र अरु ३ जना बिजनेसमेन हुन । कलेज छुट्टी हुँदा घुम्ने इच्छाले रमेशर सिं पोखरा जान आउँदा हामी पनि भैरहवासम्म घुम्न आएका हौं । रिक्सावालाले ठिटीहरूका घरमा लगी दिएको, म बाहेक ५ जनाले रक्सी पिएका थिए । १ जनाको घरमा रमेसर बिल्लु इस्लाम र म अर्को घरमा नरेन्द्र, ओमप्रकाश, कृष्णप्रताप थियो । १ घरमा २ लड्की अर्को घरमा १ लडकी थिइन । बातचित गरी पिसाव फेर्न बाहिर निस्कँदा राती घुम्ने को हो भने परदेशी हुँ, बस्ने ठाउँ बताई देउ भन्दा ठानामा ठाउँछ भने । माफ देउ भन्दा फि जवान रु.१० दरले दिए छोडिदिन्छौं भन्दै जवरजस्ती पक्री ल्याउन खोज्दा रमेशर सिंले चक्कुसमेत देखाई भागेका हुन् भन्ने प्रतिवादी इस्लाम खां समेतको बयान छ । निजहरू चोरी डकैती गरी हिंडने खराव पेशाका बदनामी मानिस हुन् भन्ने सुन्दर सिं समेतको लेखाईबाट देखिँदैन । निजहरूको उमेर अवस्था पनि इस्लाम खां २२ बर्ष बिल्लु भन्ने कृष्णलाल २० बर्ष ओमप्रकाश श्रीवास्तव १७ बर्ष नरेन्द्रसिं मान २२ बर्षको घुम फिर हाँस ख्याल गर्ने उमेरका मानिसहरू देखिन्छन । प्रहरीसँग विवाद भई भागी गएको ठाउँबाट रमेशरको लास पाइएको ठाउँ दण्डा नाला एकहजार गज मात्र फरक र चोर चोर भन्ने हल्ला गरी निजहरूलाई पक्रन मानिस पछि लाग्दा लाग्दै त्यतिकै बीचमा धन सम्पत्ति हात पार्न कुनै तरिका गरी मारी पानीमा फाल्न भ्याउने मौका टायमले नपुग्ने र रातको अवस्था मानिस जम्मा गरी लास खोजी पत्ता लगाउने काम गरेको ठाउँमा वरपर घाँसहरू माडिन सक्ने हुँदा कुटपिट वारदात गर्दा घाँस माडिएको हो भन्ने अनुमान लगाउन पनि मिल्ने देखिँदैन । (प्रकरण नं. ४१) अतः निज मर्ने रमेशर सिंलाई प्रतिवादीहरूले कर्तव्य गरी मारी पानीमा फाली धनमाल डाँका गरेको ठहर्दैन, अध्यारो रातको टायममा भाग्दा पानीको नालामा परी रमेशर सिं आफै डुबी मरेको ठहर्छ । (प्रकरण नं. ४२) (४) मृत व्यक्तिसँग रहेको धनमाल गायव भयो, भने जति मृत व्यक्तिसँग मौजुद हुने नदेखिएमा–गायव भएको भन्ने उक्त धनमालसँग अभियुक्तको साविती बयान र घर खानतलासीबाट मिल्न आए जतिमात्र चोरी (अन्य अपराध गरेको नदेखिए) गरेको ठहरिने । मर्नेको बाबु सुन्दर सिंले बयान गर्दा नगदी रु.१९०० र सुनको गहनासमेत गरी जम्मा रु.६०८४।१३ को धनमाल गायव भएको छ भन्ने लेखेकोमा रमेशर सिंको साथमा रहेको चिठ्ठी व्यहोराबाट सुन्दर सिंको भनाई अनुसार नगदी पठाएको नदेखिएको, मिल्कीरामको घर खानतलासी हुँदा निजको श्रीमतीले कानमा लगाएको सुनको रिङ्ग सुन्दर सिंको जाहेरीमा मिल्न आएको र सुनको एकजोर रिङ्ग एकजोर सिक्रीसमेतको झुमक एकजोर बालासमेत लिएमा निज मिल्कीराम साविती भएको सो धनमाल कतै जाहेर प्रकाश नगरी आफूले लिई लुकाई विक्री गर्ने र आफ्नु स्वास्नीलाई लगाउन दिएकोले मर्ने रमेशर सिंका साथमा रहेको बिगो रु.३०५५। को धनमाल प्रतिवादी मिल्कीरामले पहिलोपटक पारी चोरी गरेको ठहर्छ । डाँका गरेको ठहर्दैन । (प्रकरण नं. ४२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.522
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2025/02/27
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 522
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्