नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 521 · वि.सं. २०२६
नि.नं. 521 — लिखत बदर लुटपिट
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कुनै कुराको विश्वास पारी विना दाममा बकसपत्र रजिष्ट्रेशन पास गराई लिएमा–ठगीको कसूर गरेको देखिने । प्रतिउत्तरपत्रमा निज भाउजू जिवित रहेसम्म स्याहार सम्भार रेखदेख हेर विचार गर्ने कुरासम्म मैले भनेको लेखिदिएको ठिक हो भन्ने प्रष्टै लेखिएकोले वादी शम्भु देइ बाहुनी लाई जिवित रहेसम्म स्याहार सम्भार रेखदेख हेर विचार गर्ने दायित्व वादीले बोकेको कुरा भनेकोले नै विश्वासमा पारी यस्तो बाध्यता भएको लिखत विना दाममा रजिष्ट्रेशन पास गराई कारवाई चलाएको व्यवहारलाई ठगीको कसूर देखिएकोले त्यस्तो ठगी गरेको ०१६।९।१० मा रजिष्ट्रेशन पास भएको शम्भु देईले असर्फिलाई गरेको बकसपत्र बदरहुन्छ । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 521 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर लुटपिट |
| निर्णय वर्ष / मिति | 2025/07/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 521 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
