नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 520 · वि.सं. २०२६
नि.नं. 520 — बिदेशी नागरिकले जग्गा जिमिदारी लियो भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तत्काल प्रचलित अदलको २१ नं.को दफा ५–नेपालका रैयत बिदेशमा गई बसेका समय जन्मेको सन्तान नेपालमा आई बसेमा–निजले नेपालभित्र जग्गा जमीन किन्न लिन हुने । उक्त ऐनमा परेको बोलीबाट निजका बाबु नेपालीको रैयत हुनु र निज नेपालमा आई बसेको हुनुपर्ने देखियो । वसिरका बाबु चांदले पैतृक सम्पत्तिबाट बण्डा पाई नेपालको उक्त खास बिजुवा मैजाको जिम्दार भइरहेको छ, चांदलाई नेपालमा जन्मेको होईन भनी यो मुद्दा चलाएको देखिएन, त्यसबाट चांदको जन्म नेपाल भित्र भएको रहेछ भन्ने देखियो । जन्मबाट नेपाली रैयत रहेछ । महमद वसिरले यस सरहदको जिमिदारी पाएको र निजका वतन भारत जिल्ला वस्ती मौजा गायघाट घर भई त.ख. बिजुवा मौजे खास विजुवा बस्ने भनी प्रहरी प्रतिवेदन नै लेखिएकोले निज नेपाल सरहदमै बसेको देखियो । यस कुरामा सन्देह छैन । महमद वसिरले बण्डाबाट खाई आएको जिमिदारीमा कसैको उजूर नपरेको र केवल राजीनामाबाट जग्गा लिएपछि मात्र यो उजूर परेकोछ । जब बाबु नेपाली हो र छोरा पनि नेपालमै बसेको रहेछ भने निजले जग्गा किन्न समेत भनी उपरोक्त ऐनबाट अधिकार पाएकोले महमद वसिरले जग्गा किन्यो भनी निजउपर यो मुद्दा चल्न सक्दैन । विदेशी नागरिक भनी यो मुद्दा चलेकोमा नेपाल सरहदमै निजको बाबु जन्मेको र निज पनि बसेको देखिएकोले उपरोक्त ऐनबमोजिम प्रतिवादीले जग्गा किनेको सदरै हुन्छ । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 520 |
|---|---|
| मुद्दाको विषय | बिदेशी नागरिकले जग्गा जिमिदारी लियो भन्ने |
| निर्णय वर्ष / मिति | 2026/01/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 520 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
